ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन केले रोक्यो ? रवि लामिछाने


एबीसी न्यूज

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता स्वार्थको लागि मिल्न तयार हुने दलहरू पीडितलाई न्याय दिने शान्ति प्रक्रिया टुंग्याउन एकजुट नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शान्ति प्रक्रियालाई टुंग्याउन आफ्नो दलको तर्फबाट हुने सहयोग गर्न तयार रहेको उनले बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाको कुरा पनि चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू विनाशर्त एकठाउँमा उभिएका देखेका छौं । कोशीमा हेर्दा त महागठबन्धन बनेको छ । ए, आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने ।

पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोख्यो तपाईंहरूलाई रु कस्ले रोक्यो रु कहाँ रोक्यो रु हामी नयाँ दलले रु ल बताउनुस् । अन्तर्राष्ट्रिय मान्यताअनुसार पीडितलाई मध्यनजर राखेर टुंग्याउनमा कसैले रोकेको छैन । रोकेको छ त यहाँहरूकै नियतले।’

उनले अहिले व्यवस्था भन्दा पनि आफ्ना मान्छे जोगाउन केन्द्रित भएकाले अहिलेको अवस्था आएको बताए ।

उनले भने, ‘यहाँ संविधान र व्यवस्थाको धेरै चिन्ता गरेको देखियो । के यो व्यवस्था र संविधान के अरु कसैको कारणले खतरामा छ कि हाम्रै चरित्र र व्यवहारको कारणले खतरामा छ रु हामीले व्यवस्था जोगाउन प्राथामिकता दिएको भए यो चिन्ता गर्नुपर्ने अवस्था आउँदैनथ्यो ।’

उनले थपे, ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरियो । कानून बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com