ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानसँग पराजित नेपाल समूह उपविजेता


एबीसी न्यूज

काठमाडौं, १६ कात्तिक । रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

नेपाललाई जितका निम्ति अन्तिम ओभरमा २७ रन आवश्यक थियो । अन्तिम ओभर बलिङमा ओमानका बिलाल खान आएका थिए । बिलालले गरेको पहिलो बलमा क्रिजमा रहेका विवेक यादवले छक्का प्रहार गरे । त्यसपछिको बल वाइड हुँदा विवेकले दोस्रो बलमा पनि छक्का नै प्रहार गरे । तेस्रो बलमा पनि विकेटले छक्का प्रहार गरे । तर, चौथो बलमा विवेक क्याच आउट भएपछि नेपाल पुनः दबाबमा आएको थियो ।

पाँचौँ बलमा अभिनाश बोहराले एक रन लिँदै करण केसीलाई ‘स्ट्राइक’ दिएका थिए । अन्तिम बलमा करणले छक्काकै निम्ति प्रहार गरे पनि ‘डाउन दी ग्राउन्ड’ कलिमुल्लाहबाट क्याच भएपछि नेपाल पाँच रनले पराजित भयो ।

विवेकले २४ बलमा पाँच छक्कासहित ३९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कुशल भुर्तेलले १८ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ रन थपे । कुशल मल्ल १० रनमा आउट भए ।

ओमानका बिलाल खानले तीन विकेट लिए । साकिल अहमेद, मेहरन खान र अकिब इल्यासले समान दुई विकेट लिए । जिसान मक्सुदले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाए । नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन थपे ।

नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । अभिनाश बोहरा र गुल्सन झाले एकरएक विकेट झारे ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’को उपविजेता बनेको नेपालले अब फाइनल प्रवेशका निम्ति समूह ‘ए’को विजेता युनाइटेड अरब इमिरेट्स यूएईसँग खेल्नेछ । समूहमा नेपालले तीन खेलबाट चार अंक जोड्यो । नेपालसँगको जितसँगै शीर्ष स्थानमा उक्लिएको ओमानले तीन खेलबाट ६ अंक बनायो । ओमानले अब समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com