ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बद्री केसीले पनि आरके शर्माविरुद्ध दिए उजुरी,एनआरएनए झगडा


एबीसी न्यूज

काठमाडौं, १५ कात्तिक ।  वासीय नेपाली संघ एनआरएनएका अध्यक्ष बद्री केसीले समानान्तर कमिटीका अध्यक्ष आरके शर्माविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

गत मंगलबार बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालयमा दुई पक्षबीच भएको झगडाका विषयमा केसीले पनि शर्माविरुद्ध उजुरी दिएका हुन्। यसअघि शर्मा पक्षले आफूहरूविरुद्ध दुर्व्यवहार र कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिइसकेको छ। पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध उजुरी

हालै काठमाडौँमा सम्पन्न संघको ११औँ महाधिवेशनदेखि नै दुई पक्षबीच मनमुटाव भइरहेको छ। निर्वाचनबाट संघको अध्यक्षमा बद्री केसीलाई विजयी घोषणा गरिए पनि अनलाइन मतदानमा धाँधली गरिएको आरोप लगाउँदै आरके शर्माको अध्यक्षतामा संघको समानान्तर कमिटी गठन गरिएको छ।

गत मंगलबार नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिन पुगेका एमाले नेता महेश बस्नेतको कार्यक्रममा आरके शर्माको समूहले हुलदंगा गरेको आरोप केसी पक्षले लगाएको छ।

डा। केसीले दरबारमार्ग प्रहरी वृत्तमा दिएको जाहेरीमा निर्वाचित पदाधिकारी र कर्मचारीलाई कार्य सम्पादन गर्न नदिने हेतुले निर्वाचनका उपविजेता पक्षका व्यक्तिले कार्यलयमा प्रवेश गरी जीउ ज्यान र सम्पत्तिमा नोक्सानी पुर्‍याउन खोजिएको आरोप लगाइएको छ।

केसीले दिएको उजुरीमा ‘निर्वाचित पदाधिकारीहरुलाई पूर्व मन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिई रहेको बेला उपविजेता भएका राजेन्द्र कुमार शर्माको नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना, ओम शर्मा लगायतका व्यक्तिहरू संघमा कुनै जानकारी नदिई गैरकानुनी र अनाधिकृत रूपमा प्रवेश गरी गालीगलौज, अनुमतिबिना फोटो खिच्ने, चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदंगा गर्ने कार्य गरेको’ आरोप लगाइएको छ।

शर्मा समूहद्वारा एनआरएनएका सबै बैंक खाता रोक्का गर्न निवेदन
केसीले उनीहरूविरुद्ध जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न प्रहरीसँग अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com