ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैँमा सहज रूपमा नपाइएको चिनी तिहारमा पनि अभाव हुने


एबीसी न्यूज

काठमाडौ १५ कात्तिक । दसैँमा सहज रूपमा नपाइएको चिनी तिहारमा पनि अभाव हुने देखिएको छ । चिनीमा सरकारले लगाएको परिमाणात्मक बन्देज फुकुवा नगर्दा तिहारको समयमा बजारमा चिनीको अभाव हुने अनुमान गरिएको हो । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो ।

उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्ने निर्णय गरेकोमा खरिद गर्न असफल भए पछि तिहारमा पनि अभाव हुने भएको हो ।कर्पोरेसन र खाद्य कम्पनीले दसैँ अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो एक सय ४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ ।

त्यसमा पनि भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ । अब सरकारको उच्च तहबाट पहल गरेर कुनै उपाय नखोजिएमा मन्त्रालयको तर्फबाट चिनी ल्याउन सक्ने अवस्था नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले बताए।बजारमा अहिले चोरी बाटोबाट ल्याएको चिनी प्रतिकिलो एक सय ५० देखि एक सय ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

तर धेरैजसो खुद्रा पसलमा चिनी पाइँदैन । सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी काठमाण्डौ उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रति ग्राहक दुई किलोका दरले बिक्री गरिरहेको छ ।सरकारले चाडपर्वमा बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पोरेसनमार्फत भन्सार छुटमा चिनी आयात गर्दै आएको थियो । तर बितेका दुई वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएन । यो वर्ष पनि अर्थले ढिला गरी स्वीकृति दिएपछि ग्लोबल टेन्डर गर्दा चर्को मूल्यको टेण्डर परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com