काठमाडौं, १४ कात्तिक । नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा झापाका डिल्लीराम खनाल पक्राउ परेका छन् ।
झापा दमक नगरपालिका–५ का ४६ वर्षीय खनाल पक्राउ परेको प्रहरीको साइबार ब्युरोले जनाएको छ । सामाजिक सञ्जालमा आफ्नो संगठनप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै खनालमाथि कारबाही गर्न सेनाले ब्युरोलाई पत्राचार गरेको थियो । ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले सेनाको पत्राचारका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
रायका अनुसार खनालविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अनुसार कारबाहीका लागि काठमाण्डु जिल्ला अदातबाट म्याद थप गरिएको छ । खनाल यसअघि नायिका करिष्मा मानन्धरको चरित्र हत्या गरेपछि पक्राउ परेका थिए । त्यतिबेला अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्