ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराबाट राष्ट्रसंघ महासचिव गुटेरेसको सन्देश – प्रकृतिविरुद्धको युद्ध रोक


एबीसी न्यूज

पोखराबाट, १४ कातिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो नेपाल भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक रहेको स्पष्ट सन्देश दिनका लागि भएको बताएका छन् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखराको पुरानो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालजस्ता देशले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्नु परिरहेको बताए ।

‘मेरो भ्रमण वास्तवमा विश्वलाई स्पष्ट सन्देश दिनका लागि थियो, प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक छ । किनभने, हामीले अद्भुत हिमाल र अद्भुत हिमनदीहरू जोगाउनु पर्छ,’ उनले भने, ‘नेपाललाई जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक छ ।’तापमान वृद्धिले हिमाली क्षेत्रमा धेरै हिमनदी पग्लिएर भू–क्षय, पहिरो जस्ता समस्या त्यहाँका समुदायले भोगिरहेको बताउँदै उनले प्रभावकारी ऐक्यबद्धता देखाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । ‘पीडित समुदायका लागि अनुकूलनमा सहयोग पुर्‍याउन थुप्रै कोष छन्,’ उनले भने, ‘म जहाँ पुगेँ, त्यस्तो स्थानका समुदायका लागि जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी न्यूनीकरण गर्न त्यस्तो कोषबाट फाइदा लिन सक्छन् ।’ उनले पोखरा र हिमालहरूको सौन्दर्यले अत्यन्तै मोहित बनाएको सुनाए ।

मंगलबार बिहान उनी हेलिकप्टरमार्फत कास्कीको अन्नपूर्ण आधार शिविर पुगेका थिए । आधार शिविरमा उनले अन्नपूर्ण गाउँपालिका–११ का स्थानीयसँग अन्तरक्रिया गरे । वडाध्यक्ष हिमबहादुर गुरुङले जलवायु परिवर्तनकै असरस्वरूप दक्षिण अन्नपूर्ण हिमनदी तीव्र रूपमा पग्लिएको, भू–क्षय र कटानले आधार शिविर नै जोखिममा परेको, हिमआँधी, हिमपहिरोलगायत विपत् भोग्नु परिरहेको सुनाएका थिए ।

स्थानीयलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिमा विकसित र धनी राष्ट्र नै जिम्मेवार रहेको बताए । ‘नेपाल जलवायु परिवर्तनमा जिम्मेवार छैन । अरु धनी राष्ट्रले गर्दा जलवायु परवर्तन भइरहेको छ तर नेपालले त्यसको नतिजा भोगिरहेको छ,’ उनले भने, ‘हिमालय रेन्जका ग्लेसियर यही कारणले घटिरहेको छ । ग्लेसर पग्लिरहेको छ । पहिरो आएर विभिन्न समुदायलाई क्षति पुगिरहेको छ ।’ जलवायु परिवर्तन नेपालजस्ता देशलाई क्षति पुर्‍याइरहेकोले आफ्नो प्रविधि र औद्योगिकरणमा वैकल्पिक उपाय खोज्ने सेन्देश विकसित र औद्योगिक राष्ट्रलाई दिन नेपाल आएको उनले बताए । ‘म आह्वान गर्छु, धनी राष्ट्रहरूले नेपाल जस्तो देशलाई जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनमा सहायता गर्नुपर्छ,’ उनले भने ।

उनी मंगलबार नै सेनाको जहाजमार्फत लुम्बिनी पुगेका छन् । सोमबार पोखराको फिस्टेल लजमा बास बसेका उनी पुम्दीकोट पुगेर पोखराको अवलोकन गरेका थिए । सोमबार साँझ फिस्टेल लजबाट वाराही मन्दिर पुगेर पुनः लजमै मोटरबोटबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com