दैलेख, २८ माघ । दैलेखमा निर्माणाधिन माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कम्पनीको पालतडमा रहेको जिएमआरको साइट अफिसमा बम विस्फोट भएको छ ।
निर्माण कम्पनीको अफिसमा राति दुई वटा बम विस्फोट हुँदा एउटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले विष्फोट नभएको अर्को बम पनि भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बम डिस्पोजको लागी टोली नेपाली सेनाको टोली सुर्खेत बाट जादै।
प्रतिक्रिया दिनुहोस्