ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छुट्टाछुट्टै गठबन्धनको गृहकार्य , प्रचण्डसँग पनि बढाउँदैछन् ओलीले हात


एबीसी न्यूज

काठमाडौं, १४ कात्तिक । केही दिनअघि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले शेखर कोइराला निकट एक नेतालाई फोन गरे । बडुले आफूभन्दा धेरै जुनियर ती नेतालाई समय मागेरै भेट गरे । उनले भेटमा, ती नेतालाई ‘डा। शेखर कोइरालाको नेतृत्वमा सरकार बन्न लागेको र सरकार ढल्न लागेको’ चर्चा भइरहेको भन्दै त्यसको अधिकारिकता खोजी गरेका थिए ।

बडुले मात्र होइन अन्य दुईजना फरक क्षेत्रका व्यक्तिहरुले समेत कोइरालाको नेतृत्त्वमा सरकार बनाउन के–के गृहकार्य भइरहेको छ भनी जिज्ञासा राखेका थिए । ती नेताले बाह्रखरीसँग भने, “तिनलाई मैले त्यस्तो प्रयास डा। शेखर कोइराला स्वयम्ले समेत गर्नुभएको छैन भनी बताएँ ।”

उनका अनुसार बडुले एमाले समर्थनमा डा। शेखर प्रधानमन्त्री बन्न लागेको र आवश्यक गृहकार्यका निम्ति वार्ता चलिरहेको सूचना पाएको बताएका थिए । कोसी प्रदेशबाट सुरु भएको सत्ता गठबन्धनको संकटले संघीय सरकारमा पर्ने टीका टिप्पणी बाक्लिएको छ ।

माओवादीका नेताहरु पनि एमालेसँग विश्वासको वातावरण निर्माणमा लागेका छन् भने एमाले नेताहरु पनि कांग्रेस र माओवादीका नेताहरुसँग फरक फरक छलफलमा जुटेका छन् । त्यतिमात्र होइन एमाले नेताहरुको एउटा समूहले त एकीकृत समाजवादीसँग एकताको प्रयास पनि तीव्र पारेका छन् ।

माधवकुमार नेपालबाहेकका अधिकांस नेतालाई उनीहरुले सकारात्मक बनाएको दाबी गरेका छन् । समाजवादीसँग एकता भएमा एमाले संसदको सबैभन्दा ठूलो दल बन्ने र त्यसले राजनीतिक कोर्सलाई पनि फरक ढंगले निर्देशित गर्ने उनीहरुको दाबी छ ।एमालेले कोशी प्रदेशमा सरकार परिवर्तनपछि कांग्रेस र माओवादी दुवैतिर वार्ता गरिरहेको छ । तर, माअ‍ोवादीका नेताहरुबाट बढी भाउ पाएको एमालेले कांग्रेसको भूमिका अबको राजनीतिका लागि निर्णायक देखिरहेको छ ।

स्रोतका अनुसार, एमालेमा फरक धार भनी चिनिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एकसाथ माओवादीसँग अनौपचारिक वार्तामा छन् ।

यस्तै माओवादीमा पनि फरक धार निर्माणमा जुटेका भनिएका वर्षमान पुन र जनार्दन शर्मा एमालेसँग वार्तामा छन् । नारायणकाजी श्रेष्ठ बिरामी भएपछि माओवादीका नेता गिरिराजमणि पोखरेल पनि वार्तामा सहभागी हुने गरेका छन् ।

उनीहरुबीच विगतमा विना तयारी भएको एकताले दुर्घटनामा पु¥याएको भन्दै अब ‘सहकार्यको संस्कृति’मार्फत अघि बढ्दै ‘आवश्यकताका आधार’मा एकता गर्ने विषयमा छलफल भएको छ । कांग्रेसमा भने सत्ता गठबन्धनलाई निरन्तरता दिने वा एमालेसँग सहकार्य गर्ने भन्ने विषयमा एकमत छैन । तर, एउटा समूहले एमालेसँग सहकार्य अघि बढाउन मेहनत गरिरहेको छ ।

“यो देशका लागि कांग्रेसले धेरै दल जोडेर सरकार चलाउँदा बढी काम गर्न सक्छ कि एमालेसँग मिलेर सरकार बनाउँदा सक्छ रु,” सहकार्यका विषयमा काम गरिरहेका ती नेताले भने, “अर्को कम्युनिष्टहरुलाई अलग राख्न गठबन्धन भनिँदैछ, एमाले कांग्रेसको सरकार हुँदा कम्युनिष्ट एकताको सम्भावना कम हुन्छ कि एमालेलाई जबर्जस्त पेलेर बाहिर राखेर हुन्छ ?

उनी कांग्रेसका नेताहरुले ‘कुरा नबुझ्दा’ समस्या भएको बताए । कतिपय शक्ति केन्द्रका बुझाइमा देखिएको समस्याले पनि राष्ट्रिय राजनीति गलत बाटोतर्फ निर्देशित भएको उनको बुझाई छ । प्रमुख दलविरुद्ध असन्तोष फैलाउने काम दिन दुगुना रात चौगुना भएको भन्दै त्यस्ता असन्तुष्टि सम्बोधन गर्ने अवसरमा भने स्वयम् नेताहरु चुकिरहेको बताउँछन् ।

“एमालेलाई साथ लिएर मुख्य दलहरु राम्रो काम गर्न सक्छन् भनेर देखाउनुपर्ने राष्ट्रिय आवश्यकता एकातिर छ, शेरबहादुरजीदेखि अन्य नेताहरु पनि एमालेलाई बाहिर राख्नुमा आफ्नो भलो देखिरहनुभएको छ,” ती नेता भन्छन्, “यो बुझाई कायम रहेमा तिहारपछि फरक दृश्य देख्न सकिन्छ । कांग्रेस निरीह भएर प्रतिपक्षमा पुग्न सक्छ ।”

यसबीचमै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच दुईघण्टा लामो एकान्त कुराकानी भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कुराकानीको विषय शान्ति प्रक्रिया, राष्ट्रसंघका महासचिवको भ्रमणमा उठाउने एजेन्डा र संसदमा रहेको विधेयक बताइएको छ ।

एमाले अध्यक्षले यसअघि नै सत्ता गठबन्धन असफल भएको भनी यसमा कांग्रेसलाई पुनर्विचार गर्न सार्वजनिक आह्वान गरिसकेका छन् । तर, कांग्रेसबाट उचित ‘रेस्पोन्स’ नपाएका ओलीले माओवादीसँग पनि छलफल अघि बढाएका हुन् ।

दलीय नेताहरुका सक्रियता हेर्दा सत्ता गठबन्धनमा कुनै पनि बेला तल–माथि हुनसक्ने संकेत देखिन्छ ।

तर सोमबार पोखरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेकपा एमालेलाई बदनाम गर्नका लागिमात्रै अनेकौँ हल्लाहरु चलाउने गरिएको बताएका थिए ।

“अहिले आएर तीन वर्ष भन्दा अघि एउटा मिडियाले प्रचार गरेर, गलत भयो भनेर सच्याइसकेर छाडिसकेको कुरो, अहिले नेपालमा हल्ला फिँजाएका छन् । हुँदाहुँदा अस्ति एकजनाले केपी ओलीले सिमरामा २७ बिघा जग्गा लिएर लुकाएको छ भन्ने पनि हल्ला चलाएछन् । गट्ठाघरमा ३७ रोपनीदेखि काठमाडौंका विभिन्न ठाउँमा विशाल भवन बनाएको हल्ला चलाए,” उनले भने, “हल्ला चलाउँदा चलाउँदा अलिक थाकेका थिए, अहिले फुर्ति आएछ कि फेरि तातेका छन् । त्यो भनेको नेकपा एमालेलाई कसरी बद्नाम गर्ने त्यतिका लागि हो ।”

ओलीले प्रचण्डसँग शिर नझुकाउने भन्दै चर्को आलोचना पनि गरेका थिए ।

“मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ, काटिएर जाओस् यो शिर त्यस्ताहरूसँग झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com