काठमाडौ १४ कात्तिक । विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।च्याउ खाएर ईस्मा गाउँपालिका(६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन्
। तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन ।हिजो घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृषबहादुर कुमालले बताए ।
प्रतिक्रिया दिनुहोस्