काठमाडौं, २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकाबाट बाहिरिनु अघिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्ने गृहकार्यमा जुटेका छन्।
आयोगका प्रमुख दीप बस्न्यात माघ २९ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन्। प्रधानमन्त्री देउवा आफू निकट ब्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको काँग्रेस निकट एक स्रोतले जानकारी दिएको छ ।
अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्दा संसदीय समितिमा सुनुवाई गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। हाल संसद् नै नरहेको अवस्थामा प्रधानमन्त्री देउवा आफु अनकुल प्रमुख आयुक्त नियुक्त गर्न लागेका हुन ।
प्रतिक्रिया दिनुहोस्