ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलद्वारा युद्ध विराम अस्वीकार


एबीसी न्यूज
कार्तिक १४, २०८० मंगलबार  ९ : १० बजे

काठमाडौं, १४ कात्तिक । इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् ।उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।’इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए ।

त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ ।उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ । लाखौं नागरिक विस्थापित भएका छन् ।

प्यालेस्टाइनी जनतामा संकट गहिरिँदै गएपछि युद्ध विरामको माग गर्दै विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन समेत भएको छ ।इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने यो युद्धको समय हो भन्दै भनेका छन्, ‘पर्ल आर्बरमा बमबारी वा सेप्टेम्बर ११ पछि जसरी अमेरिका युद्ध विरामका लागि तयार हुँदैन त्यसरी नै सात अक्टुबरको आक्रमणपछि इजरायल हमाससँग युद्ध विराम गर्दैन ।’ उनले यो युद्ध इजरायलको साझा भविष्याका लागि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com