काठमाडौं, १३ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन्। नेपाली सेनाको विशेष हेलिकोप्टरमार्फत् उनी पोखरा आइपुगेका हुन्।
४ दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसलाई पोखराको पुरानो विमानस्थलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,पोखराका मेयर धनराज आचार्यसहितको टोलीले झाँकी र सांस्कृतिक कार्यक्रमसहित भव्य स्वागत गरेको छ। पोखरा झरेसँगै उनी रहेको विशाल शिवजीको मूर्ति रहेको पोखरा २२ पुम्दीकोटतिर गएका छन्।
महासचिव गुटेरेसको आजको बास पोखरामै हुँदैछ। उनी यहाँको चर्चित फिस्टेल लजमा बास बस्ने पोखराका मेयर धनराज आचार्यले जानकारी दिए। फिस्टेल लजले महासचिव गुटेरेसको लागि बेलायती राजा चार्ल्स, अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरलगायतले रात बिताएको कोठा उपलब्ध गराएको छ।
ओच्छ्यानबाटै फेवाताल र हिमालको दृष्यावलोकन गर्न सकिने सो कोठामा सन् १९८१ को डिसेम्बरमा बेलायतका तत्कालीन युवराज र हालका राजा चार्ल्सले रात बिताएका थिए।
त्यसपछि पनि सो कोठामा विभिन्न देशका विशिष्ठ अतिथिहरु बस्दै आएका फिस्टेलका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले जानकारी दिए। विशिष्ठ पाहुनाको स्वागतको लागि होटल व्यवस्थापन तम्तयार रहेको उनले बताए। खानेकुरा भने भ्रमण दलको माग अनुसार तयार पारिने उनले सुनाए।
प्रतिक्रिया दिनुहोस्