ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्नेलाई कारबाही हुने


एबीसी न्यूज

काठमाडौं, १३ कात्तिक । दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन्।

जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो।

दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री बितरण तथा भण्डारण गर्न पनि नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ।

त्यसकारण तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन्।

लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रुपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह गरेको छ।

यो निर्णय संगै व्यवसायिक फूलखेती गर्दै आएका किसानहरु हौसिएका छन्।

तुलसीपुर उपमहानगरपालिका – १७ मा १६ बिगाहा क्षेत्र फलमा फूलखेती गरेका ६० वर्षीय हेमराज शर्माले आफूजस्ता कृषकहरू तुलसीपुर र घोराहीको निर्णयले उत्साहित बनेको बताए।

‘यस्तै निर्णय जिल्लाका सबै पालिकाहरुले गर्नुपर्ने हो,’ उनले भने, ुसरकारले पनि नाकाहरुबाट यस्ता सामग्री भित्रन प्रतिबन्ध लगाउन सक्नुपर्छ।’

जिल्लाको सबै भन्दा बढी क्षेत्रफलमा शर्मासहित पाँच जना मिलेर फूलखेती गरेका छन्। घोराही उपमहानगरपालिका – १४ मा लोकेन्द्र रोका मगरले पनि ९ वर्षदेखि व्यवसायिक फूलखेती गर्दै आएका छन्। उनीहरुले बाह्रै महिना फूल तथा माला उत्पादन तथा बिक्रि गर्दै आएका छन्।

पछिल्लो समय दाङ फूलखेतीमा आत्मनिर्भर हुँदै गएको बताइन्छ।

तुलसीपुर, घोराही क्षेत्रमा अध्यनरत विद्यार्थीसमेत सयपत्री फूलको व्यवसायिक खेतीमा जोडिएका छन्।

कृषि ज्ञान केन्द्र दाङकी कृषि अधिकृत देबा महराले हाल जिल्लामा कार्यालयको रेकर्डमा रहेको मध्य २४ बिगाहा क्षेत्रफलमा व्यवसायिक फूलखेती भइरहेको बताइन।

यी बाहेक विभिन्न संघसंस्था र व्यक्तिहरूले समेत जिल्लाका विभिन्न स्थानमा तिहारलाई लक्षित गरी फूलखेती गरेको भएपनि त्यो कार्यालयको रेकर्डमा नरहेको उनले जानकारी दिइन्।

तुलसीपुरका गोरखा माविका विद्यार्थी, नमुना मावि रक्षाचौरका विद्यार्थीले समेत तिहारलाई लक्षित गरि फूलखेती गरेका छन्। कृषि अधिकृत महराले राजधानी क्षेत्रको गढवामा पनि फूलखेतीप्रति आकर्षण बढेको बताइन।

पछिल्लो समय जिल्लाका किसानहरुको फूलखेतीमा आकर्षण बढ्दै गएको र त्यसले गर्दा दाङ फूल तथा मालामा आत्मनिर्भर बनेको उनले जानकारी दिइन। झन्डै पौने आठ लाख जनसंख्या रहेको यो जिल्ला लुम्बिनी प्रदेशको राजधानी पनि हो।

नेता तथा मन्त्रीहरुको आवतजावत बाक्लिन थालेपछि त्यस्ता कार्यक्रमहरुमा स्वागत सम्मानका लागि फूलकै माला प्रयोग हुने थालेको हुँदा पनि व्यवसायिक फूलखेती गर्ने किसान उत्साहित बन्न थालेका हुन्।

जिल्लाको ग्रामिण भेगहरुमा भने घर घरमै सजावटका लागि सयपत्री लगाएत विभिन्न फूलहरु रोपिएका हुन्छन्। गाउँ घर आँफै फूल र मालामा आत्मनिर्भर रहेको तथा बजार क्षेत्रको आवश्यकता पछिल्लो समय भएका व्यवसायिक फूल खेतीले सहजै पुरा गर्ने गरेको सरोकारवालाहरु बताउँछन्।

दाङमा फूलको उत्पादनमा वृद्धि भएसंगै पछिल्लो समय बुटवल, नेपालगंज, सुर्खेत र धनगढीसम्मको माग यही जिल्लाले थेग्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com