ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलका प्रधानमन्त्री नेतान्याहूले मागे माफी


एबीसी न्यूज

काठमाडौं, १३ कात्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सुरक्षा बलसँग माफी मागेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणबारे पूर्वजानकारी पाउन असफल भएको भन्दै उनले त्यति बेला सुरक्षा बललाई दोष लगाएका थिए ।

तर, अहिले यस्तो परिस्थितिमा एकता सर्वोपरि भएको र उक्त टिप्पणी गर्नु गलत भनेर उनले माफी मागेका हुन् ।

शनिबार सामाजिक सञ्जाल एक्समा नेतन्याहूले हमासको आक्रमणबारे खुफिया सेवा र सुरक्षा एजेन्सी सिन बेटले कुनै चेतावनी दिन नसकेको लेखेका थिए । अहिले डिलिट गरिएको सो पोस्टमा उनले उल्टै उक्त समूहलाई निरुत्साहित पारेको आश्वासन दिएको उल्लेख गरेका थिए ।

उक्त पोस्टका विषयमा नेतन्याहूकै पक्षका नेता र विपक्षीले आलोचना गरेका थिए । त्यसपछि उनले माफी माग्दै सबै सुरक्षा निकायलाई आफ्नो पूर्ण समर्थन रहेका बताएका हुन् ।

“मैले भनेका कुराहरू भन्नु हुँदैनथ्यो र म त्यसका लागि माफी चाहन्छु,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म सबै सुरक्षा निकायका प्रमुखलाई पूर्ण समर्थन गर्दछु, हामी जित्नेछौँ ।”

हमासको आक्रमणबारे कुनै पूर्वजानकारी पाउन नसकेका कारण इजरायलको सेना र खुफिया एजेन्सी आलोचित बनेका छन् । यसले सरकार र सुरक्षा निकायबीच दरार सिर्जना भएको छ । यसबीच नेतन्याहूले अहिले एकताको आवश्यकता रहेको भन्दै माफी मागेका हुन् ।अलजजिराबाट ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com