ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलका प्रधानमन्त्री नेतान्याहूले मागे माफी


एबीसी न्यूज
कार्तिक १३, २०८० सोमबार  १२ : ५४ बजे

काठमाडौं, १३ कात्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सुरक्षा बलसँग माफी मागेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणबारे पूर्वजानकारी पाउन असफल भएको भन्दै उनले त्यति बेला सुरक्षा बललाई दोष लगाएका थिए ।

तर, अहिले यस्तो परिस्थितिमा एकता सर्वोपरि भएको र उक्त टिप्पणी गर्नु गलत भनेर उनले माफी मागेका हुन् ।

शनिबार सामाजिक सञ्जाल एक्समा नेतन्याहूले हमासको आक्रमणबारे खुफिया सेवा र सुरक्षा एजेन्सी सिन बेटले कुनै चेतावनी दिन नसकेको लेखेका थिए । अहिले डिलिट गरिएको सो पोस्टमा उनले उल्टै उक्त समूहलाई निरुत्साहित पारेको आश्वासन दिएको उल्लेख गरेका थिए ।

उक्त पोस्टका विषयमा नेतन्याहूकै पक्षका नेता र विपक्षीले आलोचना गरेका थिए । त्यसपछि उनले माफी माग्दै सबै सुरक्षा निकायलाई आफ्नो पूर्ण समर्थन रहेका बताएका हुन् ।

“मैले भनेका कुराहरू भन्नु हुँदैनथ्यो र म त्यसका लागि माफी चाहन्छु,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म सबै सुरक्षा निकायका प्रमुखलाई पूर्ण समर्थन गर्दछु, हामी जित्नेछौँ ।”

हमासको आक्रमणबारे कुनै पूर्वजानकारी पाउन नसकेका कारण इजरायलको सेना र खुफिया एजेन्सी आलोचित बनेका छन् । यसले सरकार र सुरक्षा निकायबीच दरार सिर्जना भएको छ । यसबीच नेतन्याहूले अहिले एकताको आवश्यकता रहेको भन्दै माफी मागेका हुन् ।अलजजिराबाट ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com