ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सेनामा नेपालले गरेको योगदानानुसार सम्मान होस् प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदानानुसारको सम्मान गर्न आग्रह गरेका छन् । आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

चारदिने नेपाल भ्रमणको सिलसिलामा आइतबारै बिहान काठमाडौं आइपुगेका गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

“उहाँ गुटेरेसले शान्ति सेनामा खटिएका नेपाली सेना र प्रहरीको प्रशंसा गर्नुभयो,” भेटवार्तापछि मिडियासँग प्रधानमन्त्री प्रचण्डले भने, “हामीले गरेको योगदानानुसार फिल्डमा पनि र हेडक्वाटरमा पनि उचित सम्मान होस् भन्ने कुरा हामीले राख्यौँ ।”

परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेपछि गुटरेसले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

“सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका र अहिलेका राष्ट्रिय र अन्तर्राष्ट्रिय हितका विषयमा विश्वासका साथ अहिले हामीले छलफल गर्‍यौँ,” प्रधानमन्त्री प्रचण्डले भने ।

भेटमा विशेष गरी जलवायु परिवर्तनका विषयमा गम्भीर छलफल गरिएको उनले बताए । “जलवायु परिवर्तनका नेपालमा नकारात्मक परिणाम छन् । त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय र मुख्यतय संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको प्रशंसा गर्‍यौँ,” उनले भने ।

आउँदा दिनमा राष्ट्रसंघसँग अझ ठूलो सहयोगको अपेक्षा राखिएको समेत उनले बताए । भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा पनि छलफल गरिएको थियो ।

“नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ, यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा उहाँको भूमिका महत्त्वपूर्ण हुने हामीले कुरा गर्‍यौँ,” उनले भने ।

भेटमा नेपालको आर्थिक विकास र समृद्धिका विषयमा समेत छलफल गरिएको उनले जानकारी गराए । नेपाल अल्प विकसित राष्ट्रबाट ‘अपग्रेड’ हुँदै गर्दा यस प्रक्रियालाई सहज बनाउन सघाउन महासचिवलाई आग्रह गरिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com