ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयक सम्भव नभए अर्को अधिवेशनबाट पारित– प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्भव भए एकरदुई दिनभित्र र नभए अर्को अधिवेशनबाट पारित गरिने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले सो विधेयकका बारेमा ‘बिफ्रिङ’ गरेको एक नेताले जानकारी दिए ।

“टीआरसी टुंगो लगाउन अझै एकरदुई दिन पहल गर्ने र नभए अर्को अधिवेशनबाट पास गर्ने तयारी भएको उहाँले बिफ्रिङ गर्नुभयो,” ती पदाधिकारीले भने ।

टीआरसी विधेयक हाल संसद्को कानुन समितिमा छ । समितिले उपसमिति बनाएर काम गरेको थियो । महत्त्वपूर्ण चार बुँदाबाहेक अरू विषयमा सहमति जुटाएर उपसमितिले कानुन समितिलाई प्रतिवेदन बुझाएको छ । नमिलेका चार बुँदामा शीर्ष नेताबाट सहमति खोज्ने प्रयास भइरहेको छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले पटक–पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

उपसमितिको प्रतिवेदनमा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्यारदोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा नमिलेको उल्लेख छ ।

यस्तै, उपसमितिमा सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूको कसरी सम्बोधन गर्ने, मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप गर्न पीडितको स्वतन्त्र सहमति गर्ने विषय मिलेको छैन ।

उपसमितिमा घटी सजायका सम्बन्धमा ‘आधार–कारण’ खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा पनि सहमति जुटेको छैन । यी विषयमा सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

ती पदाधिकारीका अनुसार यही कात्तिक १४ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्का संयुक्त बैठकमा सम्बोधन गरेपछि सदनको चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका थिए ।

“राष्ट्रसंघका महासचिवले सदनलाई सम्बोधन गरेपछि संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको अध्यक्षज्यूले जानकारी दिनुभयो,” ती पदाधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com