ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा चरम संकट, इजरायलका प्रधानमन्त्रीले भने यो सुरुवात मात्रै हो


एबीसी न्यूज

काठमाडौं, ९ कात्तिक । गाजामा काम गर्ने संयुक्त राष्ट्र संघको मुख्य एजेन्सीले इन्धनको अभावका कारण गम्भीर मानवीय संकट चुलिएको र केही घण्टाभित्रै आफूले काम गर्न नसक्ने बताएको छ ।

युरोपेली संघका एक वरिष्ठ कूटनीतिज्ञले यस हप्ताको युरोपेली परिषद्को बैठकमा गाजामा सहायतालाई पहुँच दिने स्थिति बनाउन आवश्यक रहेको बताएका छन् ।

यस्तोमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा जमिन कब्जासहित आक्रमणको तयारी भइरहेको फेरि दोहोर्‍याएका छन् । तर, उनले कहिले हुन्छ भन्ने मिति भने खुलासा गरेका छैनन् ।

गाजामा इजरायलको आक्रमणमा ६५०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसबीच तेल अभिभबाट एक टेलिभिजन सम्बोधन गर्दै नेतन्याहुले ‘यो सुरुवात मात्र हो’ भन्दै चेतावनी दिएका छन् ।

अमेरिकी सैन्य सल्लाहकारले इजरायललाई भूमि आक्रमण नगर्न आग्रह गरिरहेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासले अक्टोबर ७ मा गरेको हमला बिना कारण नभएको भन्ने टिप्पणीलाई इजरायलले गलतढंगले चित्रण गरेको बताएका छन् ।

७ अक्टोबरमा हमासले गरेको आक्रमणमा इजरायलमा १४०० भन्दा बढीको ज्यान गएको बताइएको छ । हमासले २०० जनालाई अझै बन्दक बनाएर राखेको जनाइएको छ ।

उता इजरायली वेस्ट बैंकतर्फ पनि आक्रमण बढाएको र ७ अक्टोबरयता १४०० भन्दा बढी प्यालेस्टाइनीहरुलाई कब्जामा राखेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com