ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँगको सम्बन्ध आन्तरिक कारणले परिवर्तन हुँदैन : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

बेइजिङ ७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आन्तरिक कारणले चीनसँगको सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् ।

आज चीनको राजधानी बेइजिङमा भएको ‘चीनको छिमेक कूटनीतिको मित्रता, इमानदारिता, साझा फाइदा र समावेशीता’को कार्यक्रम आएको एक दशक पुगेको अवसरमा भिडिओ सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

चीनले नेपालको कोभिड–१९ लडाइँमा गरेको सहयोगको तारिफ गर्दै प्रधानमन्त्रीले नेपाल र चीनको सम्बन्ध मित्रता र विश्वासमा आधारित भएको बताए । नेपाल(चीन जोड्ने रेलमार्गदेखि ट्रान्समिसन लाइन निर्माणका कामहरु अगाडि बढाउन आवश्यक भएको उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन ।’

चिनियाँ विदेश मन्त्रालय र चीनको थिंक ट्याङ्क चाइना इन्ष्टिच्युट अफ इन्टरनेसनल रिलेसन्स्को संयुक्त आयोजनामा भएको अन्तरास्ट्रिय गोस्टीको उद्घाटन गर्दै चिनियाँ विदेशमन्त्रीले नेपाललाई भूकम्प हुँदा गरेको सहयोग स्मरण गरे भने लाओस् र चीन रेलमार्गको कारणले भूपरिवेष्ठित लाओस् भूजडित् भएको बताए ।

उनले आसियानको जनसंख्याकै संख्यामा चीनले कोभिड खोप उपलब्ध गराएको समेत बताए । विश्वको आर्थिक वृद्धिमा ३० प्रतिसत तथा एसियाको बृद्धिमा ६० प्रतिशत चीनको योगदान भएको भन्दै उनले त्यसको फाइदा सबै छिमेकहरुले लिनुपर्ने बताए । तर, त्यसको लागी शान्ति अनिवार्य सर्त भएको तर्क गरे ।

चिनियाँ रास्ट्रपति सीले हावा र घामको किरणसँग शान्तिको तुलना गरेको भन्दै उनले विकासमा शान्ति अनिवार्य भएको भन्दै शितयुद्धकालिन धङधङ्गी अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा मंगोलियाका प्रधानमन्त्री लुभसान्भ्सराई ओयुन–एर्देन, कम्बोडियाका उपप्रधानमन्त्री सुन चान्थोल, जापानका पूर्वप्रधानमन्त्री युसो फुकुदा, दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लि हान चानदेखि पाकिस्तानका सिनेट अध्यक्ष महोम्मद सादिक सन्जराईनी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com