ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन अप्ठेरो पार्न खोज्ने आफै फस्दै जान्छन्ः प्रधानमन्त्री


ABC NEWS
कार्तिक ५, २०८० आईतबार   ६ : ३७   बजे

कात्तिक ४, , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा विकसित राजनीतिक घटनाक्रमले संघीय सरकार र गठबन्धनलाई कुनै फरक नपर्ने बताएका छन्।

नेपाल टेलिभिजनमा प्रसारित राष्ट्र निर्माण कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री दाहालले कोशीको फेरबदलमार्फत् आफूलाई अप्ठ्यारोमा पार्न खोज्नेहरु आफै अप्ठ्यारोमा पर्दै जाने दाबी पनि गरेका छन्। उनले भने, ‘विगतका धेरै घटनाहरुले यो कुरा देखाइसकेको छ। सरकार र गठबन्धनलाई अप्ठ्यारोमा पार्न खोज्दा आफै अप्ठ्यारोमा पारेका दृष्टान्त छन्। म यहाँ फेहरिस्त प्रस्तुत गर्न चाहन्न।’

उनले सरकारले राम्रा काम गरिरहेको र गठबन्धन अहिले पनि सुदृढ रहेको जिकिर पनि गरे। तर, सरकारका यी राम्रा काम विरोधीहरुलाई सहिसक्नु नभएको उनको भनाइ थियो।

तर, आफूले विरोधीका ती कुरालाई धेरै महत्त्व दिनुभन्दा राम्रो काम गर्दै जाने नीति लिएको प्रधानमन्त्रीले दाबी गरे। उनले अगाडि भने, ‘राम्रो काम गर्दागर्दै गठबन्धनलाई अप्ठ्यारो पारे जनताले र इतिहासले मूल्यांकन गर्छ भन्ने विश्वास लिएको छु।’

राष्ट्रिय सहमतिको वातावरण बनाउन गठबन्धनको तर्फबाट र प्रधानमन्त्रीको हैसियतले आफूले लचिलो ढंगले पहल गरेको पनि उनको दाबी थियो। ‘सहमतिको वातावरण बनाऔँ भनेर नै संसदमा ३ वटा समितिको नेतृत्व प्रतिपक्षलाई दियौँ। यस्तो त न भूतो न भविष्यतिः हो। एउटा लेखा समिति प्रतिपक्षलाई दिने चलन थियो।’

उनले राष्ट्र संघका महासचिव र कतारका राजा नेपाल आउन लागेको पनि आफूले गरेको अन्तर्राष्ट्रिय पहलकदमीको परिणाम भनेका छन्। यसलाई कम आँक्न नमिल्ने पनि उनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group