ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ वटा वाणिज्य बैङ्कहरुले कात्तिक महिनाका लागि घटाए ब्याजदर


एबीसी न्यूज

काठमाडौ १ कात्तिक । वाणिज्य बैङ्कहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । १४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । चारवटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने दुईवटा बैङ्कले ब्याजदर बढाएका छन् । असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैङ्क एभरेष्ट बैङ्क रहेको छ ।

एभरेस्ट बैङ्कले १ दशमलव ८३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।प्राइम कमर्सियल बैङ्कले १ दशमलव १० प्रतिशतले घटाएर व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको छ ।नबिल बैङ्कले पनि १ दशमलव ०५४ प्रतिशतले ब्याजदर घटाएको छ ।

व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १ दशमलव ०२ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत ब्याजदर तोकेको छ ।प्रभु बैङ्कले कात्तिकमा शून्य दशमलव ७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैङ्कले कात्तिकमा शून्य दशमलव ७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ ।ग्लोबल आइएमईले शून्य दशमलव ५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।कृषि विकास बैङ्कले शून्य दशमलव २५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ७६ प्रतिशत प्रतिशत ब्याजदर तोकेको छ ।त्यस्तै कुमारीले ब्याजदर शून्य दशमलव १ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत बनाएको छ ।

सिटिजन्सले शून्य दशमलव ०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९६ प्रतिशत ब्याजदर तोकेको छ ।स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ब्याजदर शून्य दशमलव ७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत बनाएको छ ।नेपाल बैङ्कले शून्य दशमलव ०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैङ्कले ब्याजदर शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत बनाएको छ ।र, एनआईसी एशिया बैङ्कले शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत ब्याजदर तोकेको छ ।सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, लक्ष्मी सनराइज बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ५ प्रतिशत ब्याजदर तोकेका छन् ।नेपाल एसबिआई बैङ्क र एनएमबि बैङ्कले भने ब्याजदर बढाएका छन् ।

एनएमबि बैङ्कले कात्तिकमा १ दशमलव ०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत पुर्याएकोे छ । यसअघि बैङ्कले असोजमा व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको थियो ।नेपाल एसबिआई बैङ्कले ० दशमलव ७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १० दशमलव ७ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोजमा बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com