काठमाडौं, ३० असोज । सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६।५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८।१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८।६४ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै रहेको छ । यसले भान्सा महँगो बनाइरहेको छ ।
यस्तो समूहको मुद्रास्फीति ९।७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६।९९ प्रतिशत मात्र रहेको छ । खाद्य तथा पेय पदार्थ भित्र समेत मरमसलामा सर्वाधिक ४५।४६ प्रतिशतले मूल्य बढेको छ ।
चिनी र चिनीजन्य वस्तुमा १७।८६, तरकारीमा १४।५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३।३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२।६० प्रतिशत र रेष्टुरेन्ट तथा होटेलको १०।९७ प्रतिशतले मूल्य बढेको छ । घिउ तथा तेल उपसमूहको मूल्य भने १३।०८ प्रतिशतले गिरावट भएको तथ्यांकमा देखिएको छ ।
महँगीको मारमा सबैभन्दा धेरै हिमाल ९११।३२ प्रतिशत०, काठमाडौं उपत्यका ९९।८३ प्रतिशत०, पहाड ८।०९ प्रतिशत र तराईमा ७।०३ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्