काठमाडौं, ३० असोज । चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण रेमिट्यान्स आप्रवाह २२।१ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रोमिट्यान्स भित्रिएको हो । गत वर्षको भदौ मसान्तसम्म विप्रेषण आप्रवाह १९।८ प्रतिशतले बढेको थियो ।
साउन र भदौमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८।३ प्रतिशतले कमी आएको छ । स्वीकृति लिने नेपालीको संख्या ७४ हजार ४५५ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८।३ प्रतिशतले कमी आइ ३२ हजार चार कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०।६ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्