ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन इजरायल आउँदै छन् बाइडेन?


एबीसी न्यूज
आश्विन ३०, २०८० मंगलबार  १ : २८ बजे

काठमाडौं, ३० असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि बुधबार इजरायलको भ्रमणमा आउँदै छन्। गत अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजाबाट अचानक इजरायलमाथि आक्रमण गरेपछि अहिले इजरायलले हमासविरूद्ध आक्रमण गरिरहेको छ।

युद्ध जारी रहेका बेला बाइडेन इजरायल आउन लागेका हुन्। सामाजिक सञ्जाल एक्समार्फत बाइडेनले आफूले इजरायल र जोर्डनको भ्रमण गर्ने बताएका छन्।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन पनि केही दिनअघि तेल अभिभमा उत्रिएका थिए। उनले इजरायल प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग हमासविरूद्धको लडाइँ र अमेरिकाको सहयोगबारे कुरा गरेका थिए।

विदेश मन्त्री ब्लिन्केनको लगत्तै राष्ट्रपति बाइडेन इजरायल भ्रमणमा आउन लागेका हुन्।

समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई इजरायलको सुरक्षाबारे अमेरिकी प्रतिवद्धता पुनस् दोहोर्‍याउने छन्। उनले हमासविरूद्ध इजरायलले गरिरहेको आक्रमणबारे पनि विस्तृतमा जानकारी लिने छन्।

‘राष्ट्रपतिले इजरायलले अब कसरी आमनागरिक नमारिने गरी हमासविरूद्धको कारबाही अघि बढाउँछ र हमासलाई फाइदा नपुग्ने गरी गाजामा रहेका आम नागरिकलाई कसरी मानवीय सहायता सुरू गर्न सकिन्छ भन्नेबारे जानकारी लिनुहुन्छ,’ अमेरिकी विदेश मन्त्री ब्लिन्केनले भनेका छन्।

इजारयलबाट राष्ट्रपति बाइडेन छिमेकी जोर्डन जाने छन्। जोर्डनमा उनले राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अल(सिसी र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग भेटघाट गर्ने छन्।

अमेरिकाले हमासको आक्रमणको कडा शब्दमा भत्सर्ना गरेको छ भने आफू सधैँ इजरायलको साथमा रहेको बताएको छ। मध्यपूर्वमा आफ्नो भरपर्दो मित्रलाई थप ढुक्क बनाउन उसले विमानवाहक युएसएस गेराल्ड फोर्डको नेतृत्वमा युद्धपोतहरू इजरायलतर्फ पठाइसकेको छ।

इजरायल र हमासबीच जारी युद्धमा अहिलेसम्म दुबैतर्फ गरी ४ हजार बढी मानिसको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार हमासको आक्रमणबाट इजरायलमा १३ सय जनाको मृत्यु भएको छ भने इजरायलले गाजामा गरेको आक्रमण हमास लडाकुसहित २८ सय जना मारिएका छन्।

हमासले झन्डै २ सय जनालाई बन्धक बनाएर लिएर गएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com