ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति, विश्वभर जहाँ पुगे पनि एकपटककाे नेपाली सधैँकाे नेपाली


एबीसी न्यूज

काठमाडौं, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले एक पटकका नेपाली विश्वका जुनसुकै देशमा पुगेपनि नेपाली नै हुने बताएका छन्।

गैर आवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले एनआरएनले नेपालको अर्थतन्त्र सन्तुलनमा राख्न सहयोग पुर्याइरहेको बताए।

नेपालको जलविद्युतको विश्वमा निर्यात गर्न र नेपालमा विश्वभरबाट पर्यटक भित्र्याउन एनआरएनएले योगदान गर्न सक्ने पौडेलको भनाई थियो। उनले नेपालको संस्कृतिलाई विदेशमा फैलाउन एनआरएनएले सहयोग गर्नुपर्नेमा जोड दिए।

‘एनआरएनएहरुले विदेशमा विकासित नयाँ प्रविधी नेपाल भित्राइ योगदान गर्न सक्छन्,’ राष्ट्रपति पौडेलले भने।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोले राष्ट्र समृद्ध बनाउने उद्देश्यले एनआरएनएको स्थापना भएको बताए।

उनले अब पनि सहमतिकै आधारमा संस्थाको नेतृत्व चयन गर्नुर्पेमा पनि जोड दिए।

गैर आवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले ३ अध्यक्ष हुँदापनि सहमतिमै संस्था सञ्चालन गरेको बताइन्।

अध्यक्ष कुल आचार्यले नागरिकताको मागलाई सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे। उनले अब गैर आवासीय नेपालीले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गर्नु पर्ने बताए। उनले आफू जन्मे हुर्केको ठाउँको माटो बिक्री नगर्न पनि आग्रह गरे।

एनआरएनएका कार्यकारी अध्यक्ष डा।बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली रहेको प्रमाणीत हुनेगरी नागरिकता वितरण भएकोमा खुसी व्यक्त गरे।

उनले १० अर्बको नेपाल डेभलपमेन्ट फण्ड सञ्चालन गर्न कार्यविधि बन्न बाँकी रहेको जानकारी दिए। वैदेशिक रोजगारीमा गएका नेपालीले सहजै पासपोर्ट पाउने व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष तथा संस्थापकहरुलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com