ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताराध्वज पाण्डे रथीमा बढुवाका लागि सिफारिस, भावी प्रधानसेनापति बन्नसक्ने


abc

काठमाडौं, ३० असोज । सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी पदमा बढुवाका लागि प्रक्रिया अघि बढाएको छ।

सेनाको बढुवा समितिले उनलाई रथी पदमा बढुवा गर्न सिफारिस गरेको सैनिक सचिव विभागका प्रमुख ज्योतीन्द्र महतद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

अब प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषद्‌ले उनलाई बढुवा गर्न सक्छ। पाण्डे हाल सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख छन्।
उनी रथीमा बढुवा भए भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन्।

नेपाली सेनाले आज जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको रथी पदमा बढुवा सिफारिसका लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ।

नेपाली सेनामा हाल दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गतेबाट सेवानिवृत्त हुँदै छन्। राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबार बिदामा बसिसकेका छन् । अर्का रथी सीताराम खड्का आगामी पुस ३ मा अवकासमा जाँदै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एनसेलको सेयर खरिदबिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र नेपाल

सम्बन्धित

विद्यार्थीलाई न्यानो ड्रेस

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र नेपाल

बालकृष्ण खाँणको थुनछेक आदेशविरुद्धको निवेदनमा मंसिर २८ गतेको पेसी

प्राधिकरणलाई १५ दिनभित्र सबै विवरण पेस गर्न अर्थ समितिको निर्देशन

प्रेम आलेको टिप्पणी– कर छल्न एनसेलले बिक्री मूल्य कम देखायो

‘टाट पल्टेको’ एनसेललाई किनौँ, आफैँ चलाऔँ-सांसदहरूको प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com