ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधानमन्त्री खड्का, उपलब्धिलाई हल्लाउने प्रयास भयो


एबीसी न्यूज

काठमाडौं, ३० असोज । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमार्फत प्राप्त उपलब्धिलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको उनले उल्लेख गरे । संघीय कानुन बनाउने कुरामा नेताहरू चुकेको उनको भनाइ छ ।

०७२ सालमा जारी संविधानपछिका अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा नभएको उनले बताए । उनले संघीय कानुन पहिलो प्राथमिकतामा राख्नुपर्ने भए पनि अहिलेसम्म अलमलिएको यथार्थ सुनाए ।

सबै राजनीतिक दलहरूसामु अहिले संविधान कार्यान्वयनको चुनौती रहेको उनले बताए ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर, मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छ । संविधानलाई चलाउने कोसिस भइरहेको छ,” उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ ।

तर, संघीय कानुन बनाउने कुरामा हामी चुकेका छौँ । २०७२ सालमा जारी गरेको संविधानपछिका आठ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यानकेन्द्रित हुनुपर्दथ्यो । संघीय ऐन निर्माणमा ध्यानकेन्द्रित हुनुपर्दथ्यो । संघीय कानुन पहिलो प्राथमिकतामा राख्नुपर्छ भनेर हामीले ध्यान दिनुपर्नेमा अन्य कुरामा अलमलिएका छौँ । त्यो कमजोरीलाई स्वीकार्नुपर्छ ।”

उपप्रधानमन्त्री खड्काले जनतामा छाएको निराशालाई आशा र विश्वासमा परिणत गर्नुपर्ने र पार्टीपंक्तिको आशंकालाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com