ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई फोरममा उपप्रधानमन्त्री खड्काका साथै झलनाथ खनाल पनि सहभागी हुने


ABC NEWS

काठमाडौं २४ असोज । छिमेकी देश चीनले आयोजना गर्ने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सत्तारुढ नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल समेत सहभागी हुने भएका छन्।

फोरममा नेता खनालका अलावा सो पार्टी सम्बद्ध बुद्धिजीवी प्रा.डा. युवराज संग्रौलाले भाग लिन लागेका हुन्।
चीनले आयोजना गरेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुने भएका छन्।
सो कार्यक्रममा नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री पूर्ण वहादुर खड्का नेतृत्वको टोलीले सहभागिता जनाउने छ । दोस्रो विआरएफ २०१९ मा राष्ट्रपछि विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् ।

तेस्रो ‘बीआरएफ’ मा सहभागी हुने भएपछि पार्टीले १४ असोजदेखि सुरु गरेको मेची–महाकाली समाजवादी जागरण अभियानमा सहभागी खनाल आजै नेपालगञ्जबाट काठमाडौं आउँदैछन्।

‘हो, पार्टीको तर्फबाट तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ्स फोरममा भाग लिन सम्मानित नेता झलनाथ खनाल चीन जाँदै हुनुहुन्छ’ एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘चीन जाने कार्यक्रम तय भएकाले उहाँ आजै साँझ काठमाडौं फर्कंदै हुनुहुन्छ।’

पूर्व प्रधानममन्त्री समेत रहेका सम्मानित नेता खनाल एकिकृत समाजवादीको विभाग प्रमुख समेत छन्। सोही हैसियतमा उनी तेस्रो बीआरएफमा सहभागी हुन लागेका हुन्।

बेल्ट एण्ड रोड फोरममा सम्बन्धित मुलुकको प्रतिनिधित्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा सरकारले तोकेको प्रतिनिधिले गर्ने भएपनि दोस्रो बीआरएफमा तत्कालिन सत्तारुढ नेकपाका बरिष्ठ नेता माधव नेपाल सहभागी थिए।

उनी त्यो बेला नेकपाको विदेश विभाग प्रमुख थिए।

खनालसँगै तेस्रो बीआरएफमा सहभागी हुन लागेका संग्रौला बीआरआई मामिलाका जानकार समेत मानिन्छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का बारेमा उनले पुस्तक समेत प्रकाशित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com