ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवालाई भेटेर, भीम पराजुलीले मागे मुख्यमन्त्री


एबीसी न्यूज

काठमाडौं, २४ असोज । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।

थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।

सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेको बताए । दलका नेता थापा र सांसद पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् । ‘प्रशासन बुझेको छु, काम गरेको अनुभव छ, सरकार सञ्चालन गर्न सक्छु,’ पराजुलीले भने, ‘भोलि संसदीय दलको नेताको विकल्प आयो भने मलाई बनाउनुपर्यो भनेर कुरा राखेको छु ।’

जवाफमा देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताएका थिए । गठबन्धनमा सहभागि हुनका लागि राप्रपा सकारात्मक देखिएको देउवाले जवाफ दिएको उनले बताए ।

राप्रपा गठबन्धनमा सहभागी हुँदा थापाको विकल्पमा उम्मेदवार खोज्नुपर्ने पक्षमा छ । किनकी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता सिटौलाबीच सम्बन्ध राम्रो नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरु झापा क्षेत्र नम्बर ३ का प्रतिस्पर्धी हुन् ।

प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धन कांग्रेस भित्र नेतृत्वका लागि हानथाप छ । दलका नेता उद्धव थापासँगै इतर समूहका नेता केदार कार्की मुख्यमन्त्रीको दाबेदार छन् । अमृत अर्याल, भीम पराजुली, हिमाल कार्कीले चाहाना व्यक्त गरेका छन् ।

कांग्रेस इतर समूहका नेता डाक्टर शेखर कोइराला र डाक्टर मिनेन्द्र रिजालले कार्कीलाई गठबन्धन उम्मेदवार बनाउन पार्टीसँगै गठबन्धन दल माओवादी केन्द्रलाई पनि दबाब दिइरहेका छन् ।

कोइराला र रिजालले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कार्कीलाई बनाउन प्रस्ताव गरेका थिए । ‘अस्ती उहाँहरु प्रधानमन्त्रीलाई भेट्न जानु भएको थियो, सम्भवत आज पनि जानुहुन्छ,’ कांग्रेस संस्थापन समूहका एक नेताले भने, ‘दल भित्र पनि दबाब बढाइरहेका छन्, गठबन्धनले उम्मेदवार नबनाए विद्रोह गरेर एमालेसँग मिल्ने चेतावनी दिइरहेका छन् ।’

कार्कीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ८ जनाको हस्ताक्षर जुटाए बहुमतको सरकार बनाउनका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । प्रदेशमा कांग्रेस संस्थापन इतर समूहका ९ जना सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेश गर्नका लागि ४७ जना सांसदको हस्ताक्षर नै चाहिन्छ ।

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com