ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको विरोध कायमै , सरकारले गर्यो राष्ट्रियभामा तीन जनाको नाम सिफारिस


एबीसी न्यूज

काठमाडौं,२६ माघ । सरकारले राष्ट्रिय सभामा तीन सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । संविधानको धारा ८६ को २ (ख) अनुसार शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो ।

सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने भएको छ । सरकारको सिफारिस गरेका तीन जना मध्ये दुई कांग्रेसमा क्रियाशील रहेका नेता हुन् । जोशी कांग्रेस शुभेच्छुक हुन् र सामाजिक क्षेत्रमा काम आबद्ध छन् । बस्नेत झापा जिल्ला कार्यसमितिका पूर्व सचिव समेत हुन् । ०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी क्रियाशील राजनीतिबाट सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए । साहित्यिक र व्यवसायीक क्षेत्रमा समेत क्रियाशील बस्नेत  देउवाका विश्वासपात्र समेत हुन् ।

देउवा पार्टी सभापतिमा निर्वाचन भएपछि पौडेललाई पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव बनाएका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेल मुख्य सचिव हुनुअघि शिक्षक संघ र ट्रेड युनियन कांग्रेसमा आबद्ध थिए । उनी स्याङजाको भिरकोट नगरपालिका–१ निवासी हुन् ।

संसदको ठूलो दल नेकपा एमालेले भने सरकारले गर्ने सिफारिशको विरोध गर्ने बताएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिश गर्नु सरकारको निर्लज्जताको पराकाष्ठा हुने र आफूहरु त्यसको विरोध गर्ने चेतावनी दिएका छन् । ‘कामचलाउ भइसकेको सरकारले जनमतप्राप्त सरकारको जसरी काम गर्दै आएको छ, ’ ज्ञवालीले भने, ‘हामी त्यसको विरोध गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com