ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आक्रमणलाई प्रतिशोध गर्ने भन्दै इजरायलले गाजावासीलाई घर छाड्न चेतावनी,विद्युत, इन्धन र सामानको आपूर्ति बन्द गर्ने


एबीसी न्यूज

काठमाडौ असोज २१ ।  हमासले गरेको आक्रमणलाई प्रतिशोध गर्ने भन्दै इजरायलले गाजामा बसिरहेका नागरिकलाई घर छाड्न चेतावनी दिएको छ  । गाजाका मानिसहरू ज्यान जोगाउन सम्भव प्रयास गरिरहेका छन् । दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएको छ । इजरायलको सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ ।

गाजामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ५० भन्दा धेरै पुगेको विभिन्न विवरणलाई उद्धृत गरी बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले विज्ञप्तिमार्फत् गाजामा विद्युत, इन्धन र सामानको आपूर्ति बन्द गर्ने जनाएको छ । गाजाबाट प्रहार गरिएका रकेट निस्तेज पार्न इजरायलले डोम एन्टी मिसाइल प्रविधिको प्रयोग गर्दै आएको छ । प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकलाई एउटा

‘लामो र अप्ठेरो युद्ध’ लडिरहेको बताएका छन । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो ।अमेरिका, भारत र ईयूलगायत विश्व समुदायले यो आक्रमणको भर्त्सना गरेका छन् ।

विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com