ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाको कल्याणपुरमा जनप्रतिनिधिबीच झडप, प्रहरीद्वारा हवाई फायर


abc tv

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच जारी विवाद उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ ।

नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच झडप भएको हो ।

दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर अझै स्थिति नियन्त्रणमा आउन सकेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताए ।

झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सर्वसाधारण घाइते भएपनि प्रहरीको सम्पर्कमा नआएको बुझिएको छ । स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् ।

झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको डिएसपी पाण्डेले बताए । दुबै पक्षलाई सम्झाई बुझाई गरेपछि अहिले स्थिति सामान्य बनेको उनको भनाई छ ।

नगर प्रमुख साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै छ वटा वडाध्यक्ष चार दिनदेखि धर्नामा छन् । धर्नाका कारण कार्यालय ठप्प थियो । कामकाज समेत प्रभावित छन् ।

वडाध्यक्षहरु धर्ना बसेका बेला नगर प्रमुख साह १५(२० जना बाहिरका व्यक्ति लिएर अचानक कार्यालय प्रवेश गरी धाकधम्की लगाएपछि तनाव भएको र पटक पटक झडप भएको स्थानीय एक यूवकले बताए ।

उनका अनुसार नगर प्रमुख साह एमालेबाट निर्वाचित भएका छन् । उनले भने, ’मेयरले आन्दोलनमा रहेका वडाध्यक्षहरुसंग वार्ता र छलफल गरी समाधान खोज्नु पर्थ्यो । तर बाहिरबाट एमाले कार्यकर्ता बोलाएर स्थिति बिगार्नुभो । मेयरका व्यक्तिले हुलहुज्जत गर्न खोज्दा आन्दोलनमा रहेका वडाध्यक्षहरु पनि आफ्ना मान्छे बोलाए । त्यस्पछि झडप सुरु भएको थियो ‌।’

कल्याणपुरमा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका छ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com