ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम सापकोटाको “टुहुरो दशैं “बोलको नयाँ गीत सार्वजनिक


एबीसी न्यूज

काठमाडौ १८ असोज । दशैं तिहारको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रका अग्रज कलाकार रेशम सापकोटाको “टुहुरो दशैं”‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । भरखरै मात्र बाजारमा आएको उक्त गीतले आमाबिनाको दशैं तिहारमा छोराछोरीले भोग्नु परेको कहानी प्रस्तुत गरिएको छ।

सापकोटाले आफ्नै यथार्थ पिडालाई शब्द, अभिनय र दृश्य मार्फत गीत बजारमा ल्याएका हुन्। उनले आमा बाबा बिनाको दशै आउंदै गर्दा मनभित्र खेल्ने नमीठो अनुभब आँखा बाट आँशु नै खस्ने गरि सिलसिलेवार रुपमा प्रस्तित गरेका छन्।

नेपालीहरुको बिभिन्न चाडपर्वहरु,सामाजिक बिषय बस्तु, अनियमितता, भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्ध गीत गाउने ‘ओरिएन्टेसन’बाट आएका गायक, सङ्गीतकार, गीतकार तथा निर्देशक सापकोटाको ‘टुहुरो दशैुं ले धेरैलाई भावुक बनाएको छ। सापकोटाले गीतको सुरुवातमै स्व बाबा आमाको फोटो राखेर त्यसको तलपट्टी लेखेका छन्,स्वत स्फुर्त आएको यो शृजना कुनै गीत हैन, अभावको कहानी हो।  उनले आमा बाबा नहुने नेपाली छोराछोरीको बेदनालाई जस्ताको तस्तै पर्दामा उतारेका छन्। सम्भवत् : उनको आफ्नै जिन्दगीमा पनि मेल खाएर होला उक्त गीत सुनेपछि धेरैको आँखा रसाउने छन्।

सापकोटाले दशैंको पारिलो घामसँगै पहेलै झुलेको बेसी खेतको धान र पाखो बारीमा कोदो, घैया धानका साथै जुनेल पनि झुलेको होला । केराघारीमा केरा पोका होलान्, घरछेउ रहेको अम्बा पाकेर लटरम्म भएको होला, आँगनीको डिल र करेसा बारीको छेउमा मनै लोभ्याउने मखमली र सयपत्री फुलको सम्झना आमाले दशैं अगाडी नै गरेको अनुभूतिलाई गीतमा प्रस्तुत गरिएको छ।

आमा बाबा हुनेहरु दशैंमा मुग्लान गएका मुग्लानी दाजुभाइ घर फर्कदै गरेका र लामो समयदेखि घर छोडेका आफन्तहरू चाँडै आफ्नो परिवारसँग भेटेर केही सुख त केही दुःख साट्न आतुर छन् तर आमा बाबा नै नभएपछि धेरको मनमा कसको लागि र घरमा को छ र गाउँ जाने भन्ने प्रश्न प्रतिनिधि प्रश्न हो। त्यसलाई पनि मनै छुने गरि सापकोटाले प्रस्तुत गरेका छन्।

साँच्चै भन्ने हो भने संसारमा आमा बाबाको माया जति अपार माया अरु कसैको पनि हुँदैन भन्ने यथार्थलाई सापकोटाको अहिले आएको गीतले थप पुष्टि गरेको छ। ममतामयी आमाको काख र न्यानो माया बाबाको साथ आँट नहुँदा बन्ने कमजोर मनस्थिति त्यँही माथि दशैं तिहार जस्तो चाडपर्वले मन भतभती पोल्ने यथार्थलाई कलात्मक हिसाबले पर्दामार्फत व्यक्ति गरिएको छ।

सापकोटा नेपाली सांगीतिक क्षेत्रका अलराउण्डर हुन्। उनले विगत ३ दशक देखि संगीत क्षेत्रमा आफ्नो सम्पूर्ण समय खर्च गर्दै आएका छन्। उनले सांगीतिक क्षेत्रमा आएका नवकलाकार र आफु भन्दा अग्रज कलाकारहरु सबैसंग सहकार्य गर्दै लोक प्याटर्नमा नेपाली सांगीतिक क्षेत्रलाई एक किसिमको उचाई दिएका छन्। सापकोटाले आफ्नो आँखाले देखेको या समाजले सधैं उपेक्षा, दमन र शोषण गरेका घटनाहरुलाई सरल रुपले कला मार्फत प्रस्तुत गर्दै आएका छन्।

उनका प्रस्तुतिहरुमा संस्कृति, भाषा, जनजीवन, रहनसहन, खानपानको अनुपम उठान भएको देखिन्छ। सास्कृतिक, भाषिक, सामाजिक सम्बन्ध, नेपाली समाजको वर्गीय स्वरूप, लैंगिक अवस्था, भूस्वामित्वमा अडिएको पारिवारिक स्तर, गरीवका सामान्य सपनालाई सुरुचिपूर्ण प्रस्तुत गरि आफ्ना दर्शक रश्रोताहरुलाई खुसि राख्न सापकोटा सफल रहेका छन्। भनिन्छ, कलाभित्र सबथोक अटेको हुन्छ।

धर्म, संस्कृति, रीतिरिवाज, भेषभूषा सबै। त्यो मात्र होइन, सामाजिक, राजनीतिक विकृतिमाथि गरिएको व्यंग्य, चिन्ता, खुसी सबै अटाउन सक्छन् कलाकारले। यस्तै विविधता भेटाउन सकिन्छ सापकोटाका सृजनाहरुमा। उनका प्रस्तुतिहरुमा केही कुराहरु प्रत्यक्ष बोलिरहेका छन्। कतिपय अनुत्तरित छन्। कुनै कला शब्दमा व्याख्या गर्न सकिँदैन। कतिपय रहस्य बोकेका कला आफूखुसी व्याख्या गर्न सकिन्छ।

परम्परा, लोककलादेखि आधुनिक सम्मका कला एकैठाउँ छन्। विभिन्न जाति, भाषा, धर्म, परम्परा र संस्कृति झल्किएको पाइन्छ। उनको सृजनाहरुको मूल उद्देश्य भनेकै मानवीय संवेदनासँग जोडिनु हो। उनीहरूको दुःख दर्दमा आफूलाई भावनात्मक रुपमा सामेल हुनु हो। कलाकार सापकोटामा हाम्रो समाजको गुणदोष केलाउन सक्ने क्षमता प्रगाढ छ, त्यसैले उनका प्रस्तुतिहरु अब्बल रहन्छन।

दशैंमा आमा बाबा नहुनेहरुको सामाजिक कथा बस्तुहरुलाई टपक्कै टिपेर कला मार्फत गायक सापकोटाले गीतको शब्दहरु अब्बल कोर्दै उपयुक्त संगीत भरेर आफैले उत्कृष्ट भिडियो निर्देशन गरेका छन्। गीतमा सापकोटालाई आवाजमा कमला पोख्रेलले साथ  दिएकि छन्। त्यसैगरी भिडियोमा गायक स्वयम् सापकोटा ,ओम बहादुर रोका क्षेत्री, अयोध्या कुमारी रोका क्षेत्री र श्रष्टा सापकोटाको अभिनय रहेको छ।

दशैं तिहार अन्तर्गत बजारमा आएकाहरु मध्ये दिउँला आशिष, बाटो हेरे हुन्छ है घरमा, झलमलै तिहार, आउंदै छ परदेशी, कात्तिके दान, देउसी भैलो, कालिनागको कथा, मुग्लानिको तिहार लगायत थुप्रै प्रस्तुतिहरु सर्वाधिक रुचाइएको छ ।

उनले दशैंमा ल्याएको गीत बाटो हेरे हुन्छ घरमाू गीतले रमाइलो दशैंको अनुभूत गराउंथ्यो भने अहिलेको “टुहुरो दशैं” बोलको गीत ठिक उल्टो छ। यो गीतले आमा बाबा नभएका र अभावमा बाँचेकाहरुलाई छिनभरमै रुवाउन भने पक्कै सक्छ। धेरै दर्शकहरुले त सापकोटाको गीत संगीत नसुने त चाडपर्व आएकै जस्तै नलाग्ने समेत बताउँदै आएका छन्। उनले आफ्नो शृजनाको पर्खाइमा बसिरहेका दर्शकहरुलाई कहिल्यै निराश भने बनाएका छैनन्।

भिडियो :

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com