ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण


एबीसी न्यूज

काठमाडौं, १६ असोज ।  पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको छ।

मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनमध्ये धेरैलाई हाईअल्टिच्युडको समस्या हुने गरेको छ। अल्टिच्युडको समस्या भएका दर्शनार्थीलाई विश्रामस्थलमै प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। नवनिर्मित विश्रामस्थललाई पोखरास्थित नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी दिपककुमार बानियाँले उदघाटन गर्दै वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका उपप्रमुख ढिकी गुरुङ तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई संयुक्त रुपमा हस्तान्तरण समेत गरे।

एकरोपनी क्षेत्रफलमा निर्माण भएको बहुउपयोगी नवनिर्मित भवनमा पार्केटिङ सहितको मेडिकल कक्ष बनाइएको छ। जसमा दुइवटा अक्सिजन सिलिण्डर सहितको दुइ शैयाहको मेडिकल कक्ष बनाइएको छ। अवश्यक मेडिकल उपकरण तथा औषधी, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामको लागि १९ वटा बेन्चहरु राखिएको छ। दर्शनार्थीको आकस्मिक उद्दारको लागि भवन भन्दा ५० मिटरको दुरीमा हेलिप्याड समेत निर्माण गरिएको छ।

‘मुक्तिनाथ पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्र हो। मुक्तिक्षेत्रमा वर्षेनी लाखौ संख्यामा आन्तरिक तथा बाह्य धार्मिक तीर्थाटन तथा पर्यटकहरु आउने गरेका छन्,’ उदघाटन समारोहमा बोल्दै उपरथी बानियाँले भने, ‘भक्तजन तथा पर्यटकलाई उकालो भ¥याङ उक्लँदा कठिनाई हुने र स्वास्थ्य समस्या देखिने भएकोले दर्शनार्थीमैत्री विश्रामस्थल प्राथमिक उपचार सेवा दिन उपयोगी हुने विश्वास छ।’ यातायातको सहज सुविधामा पुगिने मुक्तिनाथ मन्दिर समुद्रीसतहदेखि ३८ सय मिटरको उचाईमा छ।

विश्रामस्थल नजिकै एक हजार स्क्वायर फिट बराबर नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी ‘नेपालको नक्शा’ समेत निर्माण गरिएको छ। पश्चिम पृतना हेड क्वार्टरबाट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय, मुस्ताङबाट आठलाख र नेपाली सेनाको श्रमदान वापत ४७ लाख ६० हजार गरी ६४ लाख २७ हजार लागतमा विश्रामस्थल निर्माण गरिएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ।

नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्ने उद्देश्यसहित नेपाली सेनाले काम गर्दै आएको छ। बिकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक वर्ष उपयुक्त जनहित कार्यहरुको छनौट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति रहेको समेत उपरथी बानियाँले उल्लेख गरे।

उदघाटन समारोहमा सैनिक अस्पताल पोखरा, श्री नं।२३ फिल्ड एम्बुलेन्स गुल्म, श्री नारायणदल गण, वारागुङ्ग मुक्ति क्षेत्र गांउपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गसंगको सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

श्री नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन खड्का सोही बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी बिजितराज रेग्मी, सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महासेनानी सुनिलसिंह राठौर, सैनिक अस्पताल पोखराका निमित्त कमाण्डाण्ट डा।अजय राजभण्डारी, नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com