ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :


abc

काठमाडौं, १६ असोज ।  नेपालगन्ज उप–महानगरपालिकाको अवस्था तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

नेपालगन्जमा केही दिनयता हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव बिग्रँदै गएको थियो । सामाजिक सञ्जालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटसको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

गत आइतबार एक युवाले लेखेको स्टाटसले आफनो धर्म र समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै मुस्लिम युवाहरुले कारबाहीको लागि माग राख्दै विरोध प्रदर्शन गरेका थिए ।

जिल्ला प्रशासनमा गएर उनीहरुले उक्त स्टाटस लेख्ने युवालाई कारबाहीको काम गर्दै नगर क्षेत्रमा केहीघण्टा विरोध प्रदर्शन गरेका थिए । अवस्था बिग्रँदै गएपछि बाँकेमा शान्ति र सद्भाव कायम राख्न सबै धर्मका अगुवाहरुको बैठकले मंगलबार सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो ।

जसअनुसार मंगलबार बिहानै सबै धर्मका अगुवा, जिल्ला प्रशासन कार्यालयका प्रमुख विपिन आचार्य, नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टलगायतका विभिन्न दलका नेताहरुको अगुवामा सद्भाव र्‍यालीसमेत गरिएको थियो ।

मंगलबार ओमकार परिवार हिन्दु समाजले नेपालगन्ज नगरमा बन्दको आह्वान गर्दै विरोध प्रदर्शन गरेको थियो । विरोधका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, नगरका केही पसल र घरमा तोडफोड गर्दै तनावपूर्ण अवस्थाको सिर्जना गरेपछि स्थानीय प्रशासनले मंगलबार दिउँसोदेखि कर्फ्यूको घोषणा गरेको छ ।

तोडफोडका क्रममा केही सवारी साधन र मोटरसाइकलमा आगजनीसमेत भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पूल, पश्चिममा खजुुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यू लगाएको जानकारी गराएका छन् ।

उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, र्‍याली, हुल हुज्जत र अत्यावश्यक काममाबाहेक हिँडडुलमा रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

सम्बन्धित

इजरायली आक्रमणबाट गाजामा १५ हजार मारिए, ३६ हजारभन्दा धेरै घाइते

रास्वपाले घोषणा गर्‍यो आफूलाई लोकतान्त्रिक दल, विधानको प्रस्तावना सार्वजनिक

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

कोसीको बजेटमा मतदानबारे एमाले र राप्रपा छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com