ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड


abc

ल्हासा , १० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको बताए ।

आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुगेका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।” यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उनको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उनले बताए । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उनले निकै नै महत्त्व दिए आफूले पाएको बताए ।

प्रधानमन्त्री दाहालले एसियाली खेलकूद प्रतियोगिताको आयोजना गरेको सहर हाङ्चाउमा चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गरेका थिए । त्यस क्रममा उनले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक घन्टा नै समय दिए प्रसङ्ग उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने “कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एकरएक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौँ, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ ।” सो भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल–चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने बताए । राम्रो समझ्दारी बनेको र राम्रो परिस्थितिको सुरुआत भएकाले यसले आगामी दिनमा राम्रै परिणाम दिने उनको भनाइ थियो । आफू एसियाली खेलकूदको उद्घाटनदेखि सहभागी भएको र त्यसपछि बेइजिङमा आएपछि यहाँका प्रधानन्त्री लि छ्याङसँग पनि त्यस्तै महत्त्वपूर्ण भेटवार्ता भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले भने, “भूकम्पपछि तथा कोभिडमा बन्द भएका चीनसँगका नेपालका सबै नाकाहरु खुल्ने सहमति प्रधानमन्त्रीसँगको द्विपक्षीय वार्ताका क्रममा भएको र यसले नेपाललाई अहिले नाका बन्द भएका कारण व्यापार व्यवसाय एवं स्थानीय नागरिकमा उत्पन्न विभिन्न समस्याको समाधान हुनेछ ।” त्यस क्रममा नेपाल–चीन सम्बन्धका विविध विषयमा चर्चा भएको, दुई देशबीच विभिन्न सहयोग तथा सम्झौता एवं समझदारीपत्रहरुमा हस्ताक्षर भएका र आगामी दिनमा त्यसले नेपालको हितमा योगदान गर्ने उनले बताए । यस भ्रमणबाट नेपाल–चीनबीचमा नयाँ भरोसा उत्पन्न हुनुका साथै नयाँ सहमति र समझदारी बनेको बताउँदै यसले नेपालका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले तिब्बत नेपाल र चीनबीचको सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको, नेपालसँगका नाकाहरु पनि तिब्बतमै पर्ने भएकाले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न महावाणिज्यदूतावासलाई निर्देशन पनि दिए ।
सबै नाका खुल्ने सहमति भएको जानकारी दिँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि महावाणिज्य दूतावासले सक्रिय रुपमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले यस महावाणिज्यदूतावासले गर्दै आएका काम कारबाहीका साथै यहाँको अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी तिब्बतमा बसोबास गर्ने नेपालीले प्रधानमन्त्रीसँग आफ्नो बसाइ र यहाँको व्यापार लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्कली शरणार्थी प्रकरण :१० जना आइतवार छुट्ने, खाणको टुङ्गो तेस्रो न्यायाधीशले लगाउने

क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

सम्बन्धित

नक्कली शरणार्थी प्रकरण :१० जना आइतवार छुट्ने, खाणको टुङ्गो तेस्रो न्यायाधीशले लगाउने

क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

पूर्वमन्त्री रायमाझी, सचिव पाण्डे, राईसहित ९ जना पुर्पक्षका लागि थुनामै रहने

भुटानी शरणार्थी नेता रिजाल १५ लाख धरौटीमा छुट्ने भए

शरणार्थी प्रकरण : को को छुटे को छुटेनन् यस्तो छ आदेशको पूर्णपाठ

टोपबहादु पुर्पक्षका लागि थुनामा, छोरा ३० लाख धरौटीमा छुट्ने भए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com