ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी प्रमुख अलब्राइट १४ असोजमा नेपाल आउँदै


एबीसी न्यूज

काठमाडौं, १० असोज । अमेरिकाको वैदेशिक सहयोग एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलीस पी.अलब्राइट नेपाल आउने भएकी छन्। उनी यही असोज १४ गते देखि ५ दिने नेपाल भ्रमणमा आउँदै छिन्। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो।अलब्राइट नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल असोज १४ गते पौने पाँच बजे कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ।

असोज १८ गते दिउँसो सो टोली कतार हुँदै अमेरिका फर्कने छ।नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरुको बारेमा ब्रिफिङ लिने तथा एमसीसी परियोजनाको केही फिल्ड अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ। ‘अमेरिकी टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहितका नेपाली अधिकारीहरुलाई भेटघाट गरी एमसीसी कार्यान्वयनमा जान देखिएका समस्या समाधान गर्न छलफल गर्ने छन्,’ एमसीए नेपालका एक अधिकारीले बताए।

सरकारी अधिकारीका अतिरिक्त एमसीसीको टोलीले प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि समयमै एमसीसीको कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने छ।अलब्राइटको स्वागतका लागि असोज १७ गते एमसीए नेपालले एक भोज आयोजना गरेको छ। एमसीसीको रणनीतिक नेतृत्व गर्दै आएकी अलब्राइटसँग (वर्षभन्दा बढी समय गैर) लाभकारी र सरकारी स्तरमा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव छ। अलब्राइटको भ्रमणपछि नेपालमा एमसीसीको कार्यान्वयनमा देखिएका केही प्राविधिक तथा अन्य समस्या हल हुने ठानिएको छ।

अलब्राइटले गत भदौमै नेपाल भ्रमण गर्ने तयारी भएको थियो। त्यतिबेला स्थगित भ्रमण अहिले हुन लागेको एमसीए नेपालका अधिकारीको भनाइ छ। एमसीसी कार्यान्वयन हुनु अघिदेखि नै अमेरिकी अधिकारीहरुको तारन्तार नेपाल भ्रमण भइरहेको छ। एमसीसी कार्यान्वयनको समयमा उपाध्यक्ष क्यामरन एस। अलफोर्डले तीन दिने भ्रमण गरेकी थिइन्।

एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै काठमाडौं आएकी थिएन। क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो साता नेपाल आएका थिए। त्यसैगरी एमसीसी परियोजना कार्यान्वयनमा जानुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु गत जुलाई १४ मा नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com