ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?


abc

काठमाडौं, ८ असोज ।  इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल थुनामा छन् । राहुल भदौ १३ मा पक्राउ परेका हुन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ‘सङ्गठित तस्करी’ विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

राहुललाई पक्राउ गरेको २७ दिन पुगे पनि भेप प्रकरणमा संलग्न अन्य आरोपीलाई सीआईबीले पक्राउ गर्न सकेको छैन । दुबईबाट चिनियाँ नागरिकले सुन ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेपछि राहुलले सुन छुटाउन भूमिका खेलेको आरोप छ । ब्युरोले यसअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन लुकाएको ७ सय ३० वटा भेप चोरेको आरोपमा अनुसन्धान गरेर प्रतिवेदन बुझाइसकेको छ । सुन चोरेर बेच्ने समूहविरुद्ध ब्युरोले ‘आपराधिक विश्वासघात’ विरुद्धको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको हो ।

भेपमा लुकाएर २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुन चिनियाँ नागरिकले दुबईबाट ल्याएको सीआईबीले गरेको अनुसन्धानबाट खुलेको छ । सुन लुकाएको ७३० वटा भेप चिनियाँ नागरिक लि हासोङ्गले त्रिभुवन विमानस्थलसम्म ल्याएको ब्युरोका एसएसपी दिनेश आचार्यले  बताए । उनले भने, ‘दुबईबाट चिनियाँ नागरिक हासोङ्गले सुन ल्याएर विमानस्थल भन्सारमा छाडेको देखिन्छ ।’

त्यसपछि सुन छुटाउन चिनियाँ तस्कर दाओजिन वाङले पूर्व सभामुख कृष्ण बहादुर महरालाई गुहारेका हुन् । दुबईबाट तस्करी गरेर सुन ‘ल्याउने समूह’मा राहुल संलग्न रहेको ब्युरोको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ ।

सुन तस्करीमा सङ्गठित गिरोह संलग्न रहेको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । तर, ब्युरोले राहुल बाहेक थप आरोपीलाई पक्राउ गर्न सकेको छैन । राहुल पक्राउ परेको २७ दिन पुरा भैसकेको छ । भेप प्रकरणमा प्रहरीले जीवन कुमार गुरुङ सहित केही शंकितहरुसँग बयान लिएको छ । अब, प्रहरीसँग करिब १ महिना अनुसन्धान गर्ने समय छ । अनुसन्धानमा ढिलाइ भएकोबारे ब्युरोका अधिकृतहरू भन्छन्, ‘अनुसन्धान हुँदै छ ।’

भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनै जना फरार छन् । फरार चिनियाँको खोजीका लागि चिनियाँ राजदूतावाससँग सहयोग मागिएको ब्युरोका एक जना उच्च अधिकृतले  बताए ।

जाँचबुझ आयोग बनाउन विवाद

सुन तस्करीबारे उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेबारे सत्तामा भएका राजनीतिक दल र प्रतिपक्षी नेकपा एमालेको बीचमा विवाद छ । ६० किलो सुन प्रकरणमा सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोग गठन गर्नेबारे सहमति भएको थियो । तर, क्षेत्राधिकारमा विवाद भएपछि ६० किलो र भेपसहित समग्र सुन तस्करीबारे छानबिन आयोग बन्न सकेको छैन ।

नेकपा एमालेले केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानलाई सन्दर्भ सामग्रीको रूपमा मात्र लिनुपर्ने प्रस्ताव गरेको छ । तर, सत्तामा भएका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सीआईबीको अनुसन्धानमा छुटेकालाई पूरक प्रस्ताव मार्फत कारबाहीको दायरामा ल्याउन सुझाव दिनुपर्ने तर्क गर्दै आएको छ ।

यसैगरी असंलग्नलाई सीआईबी र सरकारी वकिलले प्रतिवादी बनाएको भएमा छाड्ने सुझाव दिने गरी आयोग गठन गर्नुपर्ने आफूहरुको प्रस्ताव रहेको कांग्रेसका एक जना केन्द्रीय सदस्यले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

सम्बन्धित

इजरायली आक्रमणबाट गाजामा १५ हजार मारिए, ३६ हजारभन्दा धेरै घाइते

रास्वपाले घोषणा गर्‍यो आफूलाई लोकतान्त्रिक दल, विधानको प्रस्तावना सार्वजनिक

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

कोसीको बजेटमा मतदानबारे एमाले र राप्रपा छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com