काठमाडौं, ५ असोज । विद्यालय विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूको रिपोर्टिङका लागि सिंहदरबार गेटबाहिर पुगेका पत्रकारहरूमाथि प्रहरीले धक्कामुक्का गरेको छ।
शुक्रबार दिउँसो वैद्य निकट शिक्षक संगठनका कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्ने भनेपछि रिपोर्टिङ गर्न पुगेका सरोज बैजुलगायत फोटो पत्रकारहरूमाथि प्रहरीले लछारपछार गरेको हो।
त्यस्तै, रिपोर्टिङका लागि पुगेका अन्य फोटो पत्रकारहरू उमेश कार्की, नवराज गिरी, बिनोद कुमार कटुवाल लगायतलाई प्रहरीले धम्किपूर्ण भाषा समेत प्रयोग गरेको थियो।
काठमाडौंमा तीन दिनदेखि जारी शिक्षकहरूको आन्दोलन जारी छ। सिंहदबार गेटबाटै प्रहरीले अन्य ११ जना शिक्षकहरूलाई पनि पक्राउ गरेको छ।
निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले शिक्षकहरूलाई पक्राउ गरेको हो।







प्रतिक्रिया दिनुहोस्