ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलंगवामा दुई समूहबीच झडप हुँदा ८ जना घाइते, एकको अवस्था गम्भीर


एबीसी न्यूज

काठमाडौं, ५ असोज । सर्लाही सदरमुकाम मलंगवामा भएको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुअघि मलंगवा( ३ स्थित सरस्वती टोलमा दुई समूहबीच झडप भएको थियो। झडपमा परेर घाइते भएका मलंगवा ७ का रुपेश यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

‘यादवलाई मलंगवास्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि राति नै थप उपचारको लागि वीरगञ्ज लगिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पञ्जियारले नेपालखबरसँग भने, ‘घाइते ७र८ जनाको मलंगवामै उपचार भइरहेको छ।’

बिहीबार राति ८ बजे गणेशको मूर्ति सेलाएर फर्किएको मलंगवा( ३ स्थित गणेश टोलको समूह ९हिन्दू० माथि मलंगला( ३ स्थित सरस्वती टोल ९मुस्लिम०का केही उच्छृंखल व्यक्तिले ढुंगा प्रहार गरेपछि अवस्था बिग्रिएको डीएसपी पञ्जियारले बताए।

‘गणेशको मूर्ति मलंगवा( ३ स्थित सरस्वती टोलको बाटो हुँदै एउटा समूह मलंगवा (४ मा रहेको कामत पोखरीमा विसर्जन गरेर फर्किंदै थियो,’ घटना विवरण सुनाउँदै पञ्जियारले भने, ‘मूर्ति विसर्जन हुने भनेपछि हामीले दिउँसैदेखि सुरक्षा व्यवस्था कडा पारेका थियौँ। मूर्तिसहितको जुलुशको अघि पछि नै प्रहरीको गाडि थियो। तर, मूर्ति विसर्जन गरेर फर्किरहेको समूह सरस्वती टोलमा आएपछि बत्ति गयो। अँध्यारोको मौका छोपेर त्यहिबेला कसैले भिडमा ढुंगा प्रहार गरेपछि अवस्था बिग्रिएको हो।’

त्यसक्रममा दुबै पक्षबाट ढुंगा प्रहार हुँदा दुबै समुदायका गरेर ७र८ जना घाइते भएका उनले बताए।

घाइते युवकमाथि छुरा प्रहार भएको छ। उनलाई भिडमा कसले छुरा हान्यो खुलेको छैन। ढुंगामुढा प्रहारपछि केही पसल र घरमा उच्छृंखल भिडले आगजनीसमेत गरेको छ।

आगजनीबाट भएको क्षतिको विवरण आइनसकेको डीएसपी पञ्जियारले बताए। घटनामा संलग्न कसैलाई प्रहरीले पक्राउ गरेको छैन। मलंगवाको अवस्था थप विग्रिन नदिन स्थानीय प्रशासनले बिहीबार राति देखि नै मलंगवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

गएको भदौ २१ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा हिजो अझड भएकै ठाउँमा दुई समुदायबीच झडप हुँदा तीन दिनसम्म मलंगवा तनावग्रस्त बनेको थियो।

त्यतिबेला पनि स्थानीय प्रशासनले मलंगवमा कर्फ्यु लगाएको थियो। मलंगवामा नियोजित रुपमा साम्प्रदायिक सद्भाव विथोल्न एउटा समूह लाग्दै आएको निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com