ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब एकीकरण टार्ने अवस्था छैनः वाम नेता


एबीसी न्यूज
माघ २६, २०७४ शुक्रबार   ८ : २१   बजे

बर्दिवास, माघ ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित आधारशीला (माओवादी केन्द्रका नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘अक्टुबर क्रान्तिको शतवार्षिकी र नेपाली सन्दर्भ’ विषयक प्रवचन कार्यक्रममा दुवै पार्टीका नेताले एकीकरणविरुद्ध अब दुवै पार्टी जान नसक्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बहुदलीय लोकतान्त्रिक पद्धतिबाट आफ्नो श्रेष्ठता हासिल गर्दै नेपालका वामपन्थीले मुलुकको समृद्धि अभियानको नेतृत्व गर्ने बताउनुभयो । एमाले र माओवादी केन्द्र आबद्ध वाम गठबन्धन नेतृत्वको अब चाँडै बन्ने सरकारले मुलुकको स्वाधिनता र समृद्धि अभियानको अगुवाइ गर्ने नेता श्रेष्ठको भनाइ थियो ।

दुवै पार्टीका नेता र नेतृत्वदायी पार्टी कमिटी अहिले एमाले\माओवादी केन्द्रबीच हुने पार्टी एकीकरणको प्रयत्नमै केन्द्रित रहेका श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले समाजवाद, माक्र्सवाद र महान अक्टुबर क्रान्तिको सान्दर्भिकता कायम नै रहेको बताउनुभयो । अक्टुबर क्रान्तिका महान् उपलब्धि सोभियत संघको तत्कालीन सोभियत कम्युनिष्ट पार्टीभित्र ६० को दशकपछि हुर्केको स्वेच्छाचारी नेतृत्वका कारण रक्षा हुन नसकेको ज्ञवालीको भनाइ थियो ।

“लोकतान्त्रिक विधिबाट पार्टी निर्माण र शासन सञ्चालन हुन नसक्दा सोभियत युनियन र पूर्वी युरोपका समाजवादी व्यवस्था ढले” ज्ञवालीले भन्नुभयो–, “तर हामी नेपालका कम्युनिष्ट पार्टी र मुलुकको शासन व्यवस्था लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्ने कुरामा विश्वास र अभ्यास गरिरहेका छौँ, त्यसैले जनताको बीच छौँ ।” एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकीकरणले लोकतान्त्रिक पद्धति, राष्ट्रिय स्वाधिनता र समृद्धिको अभियान अझ मजबुत हुने ज्ञवालीको थप भनाइ थियो ।

समारोहमा माओवादी केन्द्रकै अर्का नेता (केही महिना पहिलेमात्र माओवादी केन्द्रमा एकीकरण भएको तत्कालीन नेकपा–संयुक्तका अध्यक्ष) गणेश साहले अब केही साताभित्रै वाम गठबन्धन नेतृत्वमा बन्ने सरकारले मुलुकको विकास र समृद्धि अभियान अघि बढाउने बताउनुभयो ।

दुवै पार्टीबीच अब एकीकरण हुनुहँुदैन भन्ने कार्यकर्ता अब भेटिन छाडेका बताउँदै उहाँले चाँडै पार्टी एकीकरण हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रम आधारशीलाका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

१५ औँ वार्षिकोत्सव मनाएको आधारशीला माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलसहितका नेताले स्थापना गरेर सञ्चालन गर्दै आउनुभएको कम्युन हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group