ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच बेइजिङमा भेटवार्ता नहुने, चीन भ्रमण एक साताको हुने


एबीसी न्यूज

काठमाडौं,४ असोज । आसन्न चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यहाँका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता नहुने भएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग दुईपटक भेटवार्ता गर्ने अनुमान गरिएकामा एकपटक मात्र हुने भएको हो।

चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सीधै चीन पुग्दै छन्। हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा छन्।

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेट हाङ्जाओमा मात्र हुनेछ।

त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन्। बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यसअघि हाङ्जाओपछि बेइजिङमा पनि प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सीसँग भेटवार्ता हुने अनुमान गरिएको थियो। तर परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बेइजिङमा राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हुने उल्लेख छैन।

प्रधानमन्त्री प्रचण्डको यसपटकको चीन भ्रमण अपेक्षाकृत छोटो हुने ठानिएको थियो। तर भ्रमण एक हप्ता लामो हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङका अलावा चोङकिङ सहर र तिब्बतको ल्हासा पनि भ्रमण गर्नेछन्। चोङकिङ महानगरले कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उनले अवलोकन गर्नेछन्।

३० असोजमा उनी ल्हासाबाट काठमाडौँ आइपुग्नेछन्।

प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन्।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण चिनियाँ समकक्षी ली छिनको निमन्त्रणामा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com