ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुगमनमा निस्कियो महानगरको टोली, विद्यालय बन्द गरिएको भेटे कारबाही गरिने


एबीसी न्यूज

काठमाडौं,४ असोज । विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन्। देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन रोकिएको छ।

बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प भएका छन्।

सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ।

महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो। तर आन्दोलित शिक्षक महासंघले कारबाही गरिएमा प्रतिकार थाल्ने चेतावनी दिएको थियो।

यसैबीच काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालयमा खटाएको छ।

विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्न आफूहरु खटिएको पाण्डेले बताएका छन्।

आफूहरुले शिक्षकको हाजिरी हेर्ने भन्दा बन्द वा खुला रहेको बुझ्न मात्रै खटिएको उनले बताए। यदि विद्यालय बन्द भएको पाइएमा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुलाई महानगरको शिक्षा विभागले कारबाही अघि बढाउने छ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com