ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वस्वसहित जन्मकैद भएका गुन्डानाइके रिगललाई राष्ट्रपतिले दिए आममाफी


एबीसी न्यूज

काठमाडौं,४ असोज । संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् ।

यसरी जेल मुक्त हुनेहरूमा जघन्य अपराधमा जेल बसेकाहरू समेत छुटेको खुलेको छ । त्यसमध्ये एकजना गुन्डागर्दीका रूपमा चर्चित नाम नेपालगन्जका योगराज ढकाल उर्फ रिगल पनि छुटेका छन् ।

रिगल व्यक्ति हत्या प्रकरणमा दोषी ठहर भई सर्वस्वसहित जेल जीवन भोगिरहेका अपराधी हुन् । उनी राष्ट्रपतिले आममाफी दिएपछि बुधबार छुटेका छन् । कानुनतः फौजदारी कसुरअन्तर्गत हिंसासम्बन्धी सजाय तोकिएकाको हकमा कैद मिनाहा गर्न नमिल्ले उल्लेख छ ।

तर, रिगलको हकमा राष्ट्रपतिले सो व्यवस्थालाई लत्याउँदै आममाफी दिएका छन् । उनी पछिल्लो समय दाङस्थित घोराही कारागारमा सजाय भोगिरहेका थिए ।

यसअघि रिगल मकवानपुरको भीमफेदी कारागार हुँदै सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए । व्यक्ति हत्यामा दोषी ठहर भइ सर्वस्वसहित जेल पुगेका रिगल ५० प्रतिशत समेत नबसी आममाफी पाउनुको अन्तर्य भने नेपाली कांग्रेससँग जोडिन्छ ।

रिगललाई नेपाली कांग्रेसका नेताकै दबाबमा राष्ट्रपतिले माफी दिएका हुन् । उसो त उनी जेल पर्नुअघि पार्टीको तरुणदल विभागमा सक्रिय थिए ।

आश्चार्यको कुरा ढकाललाई दाङदेखि नेपालगन्जसम्म कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेको देखिन्छ । रिगललाई पार्टीको कार्यकर्ताले स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भएको छ ।

रिगलले २८ असार २०७२ सालमा नेपालगन्जको धम्बोझीचोकमा २९ वर्षीय चेतन मानन्धरको खुडा प्रहार गरेर हत्या गरेका थिए । सोही अभियोगमा उनलाई जिल्ला अदालत बाँकेले २०७६ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थिया ।

रिगलका अन्य सहयोगी १२ जनालाई समेत तीन देखि १२ वर्षसम्म कैद सजाय सुनाएको थियो । तर, हत्याका मुख्य व्यक्ति रिगल माफी पाएर छुटेका छन् ।

प्रहरीले गुण्डागर्दी गर्नेमाथि काठमाडौंमा इन्काउन्टर गर्न थालेपछि २०७२ भदौमा उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

उनी नेपाली कांग्रेसको तरुणदलमा सक्रिय थिए । प्रहरी स्रोतका अनुसार उनी २०७४ मा प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैटेका सहयोगी समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com