ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज संविधान दिवस । टीकापुर घटनाका अन्य तीन जना पनि आज रिहा हुँदै


abc

काठमाडौ ३ असोज । आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुछन। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान नेपालको मूल कानुन हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् ।२०७२ भदौ ७ गते भएको टिकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन जना आज रिहा हुँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन  ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना ३ जना रिहा हुन लागेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका हुन् ।उनले कारागारमा रहेका उनीहरू ३ जनासहित ९ जना रिहा हुन लागेको बताए । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसकेका छन् ।आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति र उपराष्ट्रपति

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन राष्ट्रपतिले हस्ताक्षर गर्ने गरेको सभापति लामिछाने भनाइ

घट्यो सुनको भाउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com