काठमाडौ, २ असोज । भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत मंगलबार यस्तो निर्देशन दिइएको हो ।
खालिस्तानीको हत्या प्रकरण स् क्यानडाले निष्कासन गर्यो रअ प्रमुख, भारतसँग चर्कियो विवाद
क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै सोमबार रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो । त्यसकै बदलास्वरूप भारतले उच्च क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको हो ।
भारतले क्यानडाको आरोप अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै पाँच दिनभित्र क्यानडाली उच्चायुक्तलाई देश छोड्न निर्देशन दिइएको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्