ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीको व्याख्यात्मक घोषणाले विदेशीको गुलाम बन्न परेन : माधव नेपाल


abc

काठमाडौ, १ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणा गरेर मात्रै पास गर्नाले विदेशीको गुलाम बन्न नपरेको टिप्पणी गरेका छन्।

सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी पास नगरेका भए नेपालको हात तल पर्ने र देशकै स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे।

‘यदी हामीले व्याख्यात्मक घोषणाको रुपमा थप्ने काम नगरेको भए एमसीसी यथास्थितिमा पास हुने थियो। नेपालको हात तल पर्ने थियो, नेपालको स्वाभिमानले नतमस्तक हुनु पर्दथ्यो,’ उनले भने, ‘हामी आरामहघि सार्नसक्ने हैसियतमा हुने थिएनौँ। हाम्रै पार्टीको पहल कदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ।’

उनले एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने पनि बताए।

हामीलाई सत्ता गठबन्धबाट निकाल्ने षडयन्त्र भइरहेको छ स् माधव नेपाल

‘एमसीसीको घोर बिरोध गरेको मजदुर किसान पार्टी विरोध गरेको कारण वाहवाही पाउँथ्यो भने देशव्यापी फैलिसक्थ्यो। एमसीसी बिरोधकै आधारमा हुने भए मोहनविक्रमजीहरूको पार्टीलाई सारा देशका जनताले भोटै भोट खसालेर सय सिट दिन्थे। हुँदो रहनेछ,’ नेपालले भने।

एमसीसी पास गरेर असंलग्न परराष्ट्र नीतिको रक्षा गरिएको पनि उनले दाबी गरे।

‘असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौँ। केही मानिसको गीत नै एमसीसी अस्वीकार गर्नु पर्दथ्यो भन्ने छ। त्यो गरेर हामीलाई सरकारबाट फालिदिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकन स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, जनताले हाम्रो वाहवाही गर्ने थिए भनेर कल्पना गर्न सकिँदैन,’ उनले भने।

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

सम्बन्धित

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

१९औं एसियाली खेलकुद : क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

मेयरले रोपेको बिरुवा उखालेर फाल्दा प्रहरीको फन्दामा

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी, ढकाल पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com