ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्‍यो दुई नयाँ योजना


abc

काठमाडौं, ३१ भदौ । आइतबारदेखि स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुइटा नयाँ योजना सार्वजनिक गरेको छ।

सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पतीलाई उपलब्ध गराउनेछ। त्यस्तै, काठमाडौं उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ।

कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष एक लाख रूपैयाँसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको थियो। अब यस्तो सुविधा दम्पतीका लागि पनि लागू हुने कोषले जनाएको छ।

त्यस्तै, सामाजिक सुरक्षाका सुविधातर्फ कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रूपमा दुई सन्तानसम्मका लागि प्रति प्रसुति सात हजार पाँच सय रूपैयाँ, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई दुई लाख रूपैयाँ र काजकिरिया अनुदान योजनाअन्तर्गत हकवालालाई ४० हजार रूपैयाँसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले लगानीको क्षेत्र विस्तार गर्दै प्रतिफल सुनिश्चित गर्नुपर्ने बताए।

कोषबाट कर्मचारीतन्त्रमा भरोसा र विश्वासको विकास भएको छ। यसमा थप रूपान्तरणका लागि कोषले लगानीको यथेष्ट विश्लेषणको आधारमा लगानी गर्नुपर्छ, अर्थमन्त्री महतले भने।

सञ्चय कोषले योगदानकर्ताको रकम सदुपयोग गरेर बढीभन्दा बढी प्रतिफल सुनिश्चित गर्नुपर्ने र आगामी दिनमा थप मजबुत बनाउँदै लैजान विगतको समीक्षा गरेर आगामी कार्यदिशा तय गर्नुपर्ने महतको भनाइ छ।

अहिले मुलुकको अर्थतन्त्र असहज अवस्थामा रहेका कारण बजेट विनियोजनमा प्राथमिकीकरण गर्नुपरेको र कर्मचारीको भत्ता कटौती गर्नुपरेको उल्लेख गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भएपछि सेवा सुविधा वृद्धि गर्नेमा सरकार सकारात्मक रहेको बताए। पछिल्लो समय अर्थतन्त्रमा सुधारका संकेत देखिँदै गएको पनि अर्थमन्त्री महतको दाबी छ।

राजस्वमा अझै समस्या छ तर वैदेशिक मुद्रा सञ्चिति राम्रो छ। पर्यटन आगमन बढेको छ। आर्थिक गतिविधि बढ्न थालेका छन्। आयात र निर्यातको परिवेश बदलिँदो छ, उनले भने।

हाल कर्मचारी सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता छन्। गत आर्थिक वर्ष २०७९र८० सम्ममा कोषको कुल पाँच खर्ब १२ अर्ब चार करोड रूपैयाँ बराबरको स्रोत रहेकामा पाँच खर्ब तीन अर्ब ७४ करोड रूपैयाँ बराबर लगानी भएको प्रशासक जितेन्द्र धितालले बताए।

कोषले १२ वटा जलविद्युत आयोजनामा करिब ६० अर्ब रूपैयाँ, १६ वटा बैंक तथा वित्तीय संस्थामा करिब १० अर्ब रूपैयाँ र पूर्वाधारका क्षेत्रमा बीसभन्दा बढी आयोजनामा करिब २७ अर्ब बराबर रूपैयाँ लगानी गरेको धितालले जानकारी दिए।

कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको एकीकृत अवकाश कोषका रूपमा रूपान्तरण गरी सुरक्षा प्रदायक संस्थाको रूपमा काम गर्न आवश्यक रहेको पनि उनले बताए।

कर्मचारी सञ्चय कोष ऐन र निवृत्तभरण कोष ऐनको एकीकृत स्वरूप तयार पार्न खोजिएको उनको भनाइ छ। त्यस्तै, तीनवटै तहका सार्वजनिक निकायका कर्मचारीलाई योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा आवद्ध गर्न आवश्यक रहेको पनि धितालले उल्लेख गरे। सार्वजनिक निकाय, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

चीन भ्रमणमा रहनुभएका प्रम: दाहालले आज Chongqing Academy of Agricultural Sciences को अवलोकन गर्नुका साथै आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको छ।

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

एमाले वाग्मतीको नजरमा रास्वपा : ‘न मास न क्याडर्स पार्टी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com