ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्याट पूरै छुट र एक प्रतिशत भन्सार महसुल लिन अर्थ मन्त्रालयलाई निर्देशन


abc

काठमाडौं, ३१ भदौ । चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माग गरेअनुसारका सामग्रीमा मूल्य अभिवृद्धि कर भ्याटमा पूरै छुट र भन्सार एक प्रतिशत मात्र लिने व्यवस्था मिलाउन प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले नजिकिँदै गरेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन र सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

नजिकिँदै गरेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन मूल्य नियन्त्रण गरी कार्टेलिङ प्रणालीलाई निरुत्साही गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग गरिएकोमा बजारको मागअनुसारको परिमाण सहमति प्राप्त नभएकोतर्फ समितिको ध्यानाकर्षण भएको छ ।

अतः चाडबाडका अवसरमा बजारको मागअनुसारको परिमाणमा उक्त मन्त्रालयबाट माग भएअनुसार मूल्य अभिवृद्धि कर पूरै छुटमा र एक प्रतिशत भन्सार महुसल लिने गरी आयातको सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने,” निर्देशनमा भनिएको छ ।

उपभोग्य वस्तुहरूमा हुने मिसावट, कृतिम अभाव, कालोबजारी, गैरकानुनी भण्डारण, अस्वभाविक मूल्यवृद्धि जस्ता अनियमित गतिविधि रोक्न उपभोग्य वस्तुहरूको बजार अनुगमन गर्ने कामका लागि पर्याप्त मात्रामा जनशक्ति र स्रोत साधनको व्यवस्था गरी अनुगमन कार्यलाई तदारुकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने पनि उल्लेख छ ।

चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी आयातका लागि सहमति खोजेकोमा अर्थले २० हजार मेट्रिकटन चिनी ल्याउन ५० प्रतिशत भन्सार छुट दिने सहमिति दिएको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको छ ।

अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०÷१० हजार मट्रिकटन चिनी आयात गर्न सहमति दिएको थियो । यसअघि, चिनी आयातमा ३० प्रतिशत भन्सार लाग्ने गरेको थियो । यी दुई कम्पनीले आयात गर्ने २० हजार मेट्रिकटन चिनीमा भने १५ प्रतिशत भन्सार लाग्नेछ ।

तर, वाणिज्य मन्त्रालयले माग गरेअनुसार नै अर्थले आयात गर्न सहमति दिनुपर्ने समितिको निष्कर्ष छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं– एमसीसी प्रमुख कार्यकारी अधिकृत अलब्राइट

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

सम्बन्धित

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com