ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्व लक्षित अनुगमन : एक हप्तामै १५० पसल कारबाहीमा


एबीसी न्यूज

काठमाडौं, २९ भदौ । चाडबाड नजिकिएसँगै सरकारी बजार अनुगमन टोली बजारतिर दौडिन थालेको छ। संघीय सरकार अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो।

विभागले वर्षैभरि बजार अनुगमन हुने जनाएको छ। तर, वस्तु धेरै खपत हुने चाडबाडमा व्यपारीहरुले धेरै गडबड गर्न सक्ने आशंकामा बजार अनुमगनलाई तीव्र पारिएको हो।

विभागको तथ्याङ्क हेर्दा पछिल्लो ७ दिनमा १५० वटा पसलहरु कारबाहीमा परेका छन्। यही भदौ १७ गते देखि २५ गतेसम्मको बजार अनुगमनमा १५० पसललाई विभिन्न प्रकृतिका कारबाही गरिएको छ।

भदौ १७ गते विभागको अनुगमन टोलीले २१ वटा पसललाई कारबाही गरेको थियो।

त्यसक्रममा नगद जरिवाना, काजगत माग र निर्देशन जारीसहितका कारबाही गरिएको छ। भदौ १८ गतेको अनुगमनमा २२ वटा पसल कारबाहीमा परेका छन्।

भदौ १९ गते २८ वटा पसल कारबाहीमा परेका छन्। भदौ २१ गते २८ वटा,२२ गते २४ वटा,२४ गते २६ वटा र भदौ २५ गते २५ वटा पसल कारबाहीमा परेका विभागले जनाएको छ।

अनुगमनमा खाद्यान्न, किराना, मिनी मार्ट, बिजुलीका पसल, डेरी, रेष्टुरेन्ट, रेडिमेट र थानका कपडा पसल तथा सुनचाँदी पसलहरु कारबाहीमा परेको विभागले जनाएको छ।

विभागका अनुसार दैनिक उपभोगय वस्तुहरु बिक्री वितरण गर्ने स्थानमा बढी अनुगमन गरिएको छ।

यस्ता स्थानमा जाँदा खाद्यान्न अशुद्ध भेटिएको, कागजात नभएको, मूल्य सूची नराखिएको जस्ता विषय भेटिएका छन्। बिलबिजक राख्नुपर्नेमा त्यसो नगरेको कुराको पनि महत्वका साथ अनुगमन गरिएको विभागले जनाएको छ।

पसलहरुमा सामानको खरिद मूल्य र लिएको नाफा पनि नखुलाएर लुकाउने गरेको विभागले जनाएको छ। बढी नाफा लिन खोज्ने र कालोबजारी गर्ने गरेको पाइएपछि ती पसलहरुलाई नगद जरिवाना गरिएको छ।

अन्य कैफियत हुनेलाई विभागले कागजात माग्ने, निर्देशन जारी गर्ने, पसल नै बन्द गराउने जस्ता कारबाही गर्दै आएको जनाएको छ।

अहिले तीजको किनमेलको समय चलिरहेको र दसैँतिहार छठ पर्वसम्म यही गतिमा अनुगमन चल्ने विभागले जनाएको छ।

विभागले गत महिना जारी गरेको एक रिर्पोटमा चाडबाड सुरु हुनुअघि सबै खाद्यवस्तुको मूल्य वृद्धि भएको देखाएको छ। चाडबाडमा दैनिक उपभोग्य वस्तु बढी खपत हुन्छ। चाडवाड आउँदै गर्दा थोकदेखि खुद्रा बजारमा पनि मूल्यवृद्धि भएको छ।

जनै पूर्णिमा र तीज हुँदै दसैंतिहार र छठसम्म नेपालका महत्वपूर्ण चाडवाड हुन्। वर्षभरी खपत हुने केही वस्तु आधा हिस्सा यही चाडवाडको अवधीमा हुन्छ।

व्यापार व्यवसाय पनि चाडवाडमै धेरै हुन्छ। यसलाई लक्षित गरेर तथा अन्य बहानामा मूल्यवृद्धि गरिएको विभागले जनाएको छ।

विभागको पछिल्लो अध्ययनले मूल्ययवृद्धि धेरै खाद्य वस्तुमा भइरहेको देखाएको छ। विभागको तथ्याङ्क अनुसार नेपालीले धेरै उपयोग गर्ने चामलको मूल्य प्रतिबोरा १ सयदेखि २ सय रुपैयाँसम्म बढेको छ।

खुद्रा पसलमा चामलको जात र ठाउँ अनुसार मूल्यवृद्धि भएको छ। थोक बिक्रेताबाट प्रतिबोरा बढीमा ५० रुपैयाँ मात्रै मूल्य बढाएको विभागको अनुमगनले देखाएको छ।

चिनीको मूल्य सामान्य वृद्धि भएको छ। तेलको मूल्य बढेको छैन। रहर दाल र चनाको मूल्य प्रतिकेजी २० देखि ३० प्रतिशत वृद्धि भएको छ।आँटाको मूल्य प्रतिकेजी १० रुपैयाँसम्म वृद्धि भएको छ।

चामलको मूल्य वृद्धिको मुख्य कारण भारतबाट भइरहेको आयातमा अवरोध हो। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा पनि त्यसको असर परेको छ। जसलाई बजार अनुमगनबाटै नियन्त्रण गर्ने वाणिज्य विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com