काठमाडौं, २९ भदौ । कल सेन्टर सञ्चालन गरेर अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–७ का २० वर्षीय मिलन थापा रहेका छन् । उनी हाल काठमाडौंस्थित कीर्तिपुरको पाँगामा बस्दै आएका थिए ।
पाँगा क्षेत्रमा कोठा भाडामा लिएर गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई ३,७०० थान सिम कार्ड, २३ थान ल्यापटप र विभिन्न व्यक्तिहरूका २७ थान नागरिकतासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्